ईपीएस विवाद : प्राविधिक समिति गठन गर्ने सहमति
काठमाडौँ । ईपीएसमा देखिएको विवादका विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालस्थित दक्षिण कोरियाली राजदूतसँग छलफल गरेको छ । मंगलबार बिहान मन्त्रालयमा भएको छलफलमा विवाद समाधानका लागि एउटा प्राविधिक समिति बनाउने सहमति भएको छ ।
मन्त्रालयका प्रवक्ता राजीव पोखरेलका अनुसार दुवै पक्ष सम्मिलित प्राविधिक समितिमार्फत समस्या समाधान गर्ने सहमति भएको हो । ‘केही दिनमा नै यो समिति गठन हुन्छ,’ पोखरेलले रातोपाटीसँग भने ।
छलफलमा कोरियाली राजदूत एच.ई. तेयोङले ईपीएस विवादमा सञ्चार माध्यममा आएका विषयहरूमा ध्यानाकर्षण भएको बताएका थिए । उनले यस विवादले नेपाल र दक्षिण कोरियाबिचको सम्बन्ध नै धराप पर्ने देखिएकोमा चिन्ता व्यक्त गरेका थिए ।
यसै विषयमा शुक्रबार भएको प्रदर्शन हिंसात्मक बन्दा दुई जना युवाको मृत्यु भएको थियो भने भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनीसमेत भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण