बुटवलमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मङ्गलबार, १७ पुस २०८०, १६ : ५७
बुटवल । बुटवलमा बसको ठक्करबाट आज दिउँसो एक जनाको मृत्यु भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल भैरहवा सडक खण्डमा पर्ने बुटवलको मिलन चोकमा लु १ ख ३३७४ नम्बरको बसले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय बुटवलकाअनुसार उक्त दुर्घटनामा अन्दाजी ४० वर्षीय पुरुषको मृत्यु भएको छ । मृतक व्यक्तिको पहिचान खुल्न सकेको छैन।
मृतकको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
-
युक्रेनद्वारा मस्कोको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण
-
इन्फ्लुएन्सर ओरी एउटै रिलको ७६ लाख लिन्छन्, विवाहमा पाहुना बन्न २५ लाखसम्मको शुल्क
-
नारायणीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
रास्वपा महाधिवेशन : मधेस र निर्वाचन हुन नसकेका जिल्लाका लागि विशेष व्यवस्था
-
सरकारले एउटा पनि विद्यार्थीको शैक्षिक अधिकार वञ्चित गर्दैन : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण