‘जापान एयरलाइन्ससँग ठोक्किएको जहाज भूकम्प प्रभावित क्षेत्रतर्फ जाँदै थियो’
मङ्गलबार, १७ पुस २०८०, १७ : ०१
हानेदा अन्तर्राष्ट्रिय विमानस्थलमा जापान एयरलाइन्सको जहाजसँग ठोक्किएको अर्को जहाज भूकम्प प्रभावित क्षेत्रतर्फ जाने तयारीमा रहेको खुलेको छ ।
सोमबार मात्रै मध्य जापानको इशिकावा प्रान्तमा भूकम्प गएको थियो भने त्यसमा परी हालसम्म ४८ जनाको मृत्यु भइसकेको छ । सोही क्षेत्रमा राहत तथा उद्धार कार्य र सामान ढुवानी गर्ने प्रयोजनका लागि जापानी कोस्ट गार्डको विमान निगाता विमानस्थलतर्फ जाँदै थियो।
कोस्ट गार्डले भनेको छ, ‘हानेदा विमानस्थलमा जापानी कोस्ट गार्डको विमान जापान एयरलाइन्सको विमानसँग ठोक्किएको छ । जापान कोस्टगार्डको विमान उद्धार कार्यमा सामेल हुन र सामान ढुवानी गर्न निगातातर्फ जाँदै थियो।'
विमानमा ६ जना यात्रु सवार थिए । तीमध्ये एक जनालाई उद्धार गरिएको भएपनि पाँच जना हराइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वाणिज्य बैंकमा सुन धितो राखेकाहरूले गरे प्रदर्शन
-
बागमतीको बजेटः स्थानीय तहलाई नगदभन्दा ‘प्रोजेक्ट’ मा जोड
-
नेपालले भारत र चीनसँगको सम्बन्धलाई आर्थिक समृद्धिमा बदल्नुपर्छ : अर्थशास्त्री ओली
-
स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीको २६औं वार्षिक साधारण सभा सम्पन्न
-
रास्वपाका दुई महामन्त्री पदमा आकांक्षीको ओइरो
-
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन एक दिन लम्बिने, मनिष झा महामन्त्रीमा भिड्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण