अपडेट : जापान एयरलाइन्सको विमानमा भीषण आगलागी, पाँच जना वेपत्ता
जापान एयरलाइन्सको विमानमा आगलागी भएको घटनामा ५ जना वेपत्ता भएको समाचारमा जनाइएको छ । हनेदा विमानस्थलमा अवतरणको क्रममा कोस्ट गार्डको विमानसँग ठोक्किएर भएको भनिएको भीषण आगलागीमा ५ जना वेपत्ता भएका हुन् ।
जापानी समाचारमाध्यम टिबिएस र एनएचकेका अनुसार कोस्टगार्डको विमानमा रहेका एक व्यक्ति दुर्घटनापछि भाग्न सफल भए पनि अन्य पाँच जनाको अवस्था अझै अज्ञात रहेको हो।
धावनमार्गमा रहेको कोस्ट गार्डको विमान र जापान एयरलाइन्सको विमान एकआपसमा ठोक्किएपछि दुर्घटना भएको बताइएको छ ।
दुर्घटनाको समयमा जापान एयरलाइन्सको विमानमा ३७९ जना यात्रु सवार थिए । जापान एयरलाइन्सको विमानमा रहेका सबैलाई भने सकुसल बाहिर निकालिएको बताइएको छ ।
जापान एयरलाइन्सको फ्लाइट ५१६ ले साप्पोरो शहर नजिकैको न्यू चिटोस विमानस्थलबाट स्थानीय समयअनुसार अपराह्न ४ बजे उडान भरेको थियो ।
वेबसाइट फ्लाइटराडारका अनुसार विमान स्थानीय समयअनुसार साँझ ५ः४७ बजे हानेदा विमानस्थलमा अवतरण गरेको थियो ।
यो दुर्घटनापछि हानेदा विमानस्थलले तत्कालका लागि सबै रनवे बन्द गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण