अपडेट : जापान एयरलाइन्सको विमानमा भीषण आगलागी, पाँच जना वेपत्ता

जापान एयरलाइन्सको विमानमा आगलागी भएको घटनामा ५ जना वेपत्ता भएको समाचारमा जनाइएको छ । हनेदा विमानस्थलमा अवतरणको क्रममा कोस्ट गार्डको विमानसँग ठोक्किएर भएको भनिएको भीषण आगलागीमा ५ जना वेपत्ता भएका हुन् ।
जापानी समाचारमाध्यम टिबिएस र एनएचकेका अनुसार कोस्टगार्डको विमानमा रहेका एक व्यक्ति दुर्घटनापछि भाग्न सफल भए पनि अन्य पाँच जनाको अवस्था अझै अज्ञात रहेको हो।
धावनमार्गमा रहेको कोस्ट गार्डको विमान र जापान एयरलाइन्सको विमान एकआपसमा ठोक्किएपछि दुर्घटना भएको बताइएको छ ।
दुर्घटनाको समयमा जापान एयरलाइन्सको विमानमा ३७९ जना यात्रु सवार थिए । जापान एयरलाइन्सको विमानमा रहेका सबैलाई भने सकुसल बाहिर निकालिएको बताइएको छ ।
जापान एयरलाइन्सको फ्लाइट ५१६ ले साप्पोरो शहर नजिकैको न्यू चिटोस विमानस्थलबाट स्थानीय समयअनुसार अपराह्न ४ बजे उडान भरेको थियो ।
वेबसाइट फ्लाइटराडारका अनुसार विमान स्थानीय समयअनुसार साँझ ५ः४७ बजे हानेदा विमानस्थलमा अवतरण गरेको थियो ।
यो दुर्घटनापछि हानेदा विमानस्थलले तत्कालका लागि सबै रनवे बन्द गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्ड भोलि काठमाडौँ फर्किने
-
पुँजीगत खर्चमा सुस्तता कायमै, असारमा मात्रै ८ अर्ब खर्चको अनुमान
-
असार ७ गतेसम्म तिब्बत क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
-
प्राधिकरणका प्रमुखले गरे सिनामंगलस्थित विपद् उद्धार कार्यालयको निरीक्षण
-
एमाले नेतृत्वको सामर्थ्यमा प्रश्न छैन तर कार्यकर्तामा उत्साहको कमी देखिन्छ : उपाध्यक्ष पौडेल
-
रातोपाटी खुलामञ्च