शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
पर्यटन

लुम्बिनी : कोरोना अघिको अवस्थामा अझै आएनन् पर्यटक

भारतीय पर्यटक वृद्धि, नेपाली र तेस्रो मुलुकका कम
बुधबार, १८ पुस २०८०, ०७ : १४
बुधबार, १८ पुस २०८०

बुटवल । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि भए पनि कोरोना भन्दा अघिको अवस्था अझै आउन सकेको छैन । कोरोना सङ्क्रमण अघिको वर्ष सन २०१९ मा १५ लाख ५८ हजार ३२६ पर्यटक लुम्बिनी आएका थिए । त्यसमा आन्तरिक अर्थात् नेपाली ११ लाख ७८ हजार १८०, भारतीय २ लाख ६ हजार १७१ र अन्य मुलुकमा पासपोर्टधारी पर्यटक १ लाख ७४ हजार १५ रहेका थिए । 

सन २०२३ मा ९ लाख ९८ हजार ९३८ ले मात्र लुम्बिनी घुमेका छन् ।  त्यसमा नेपाली पर्यटक ६ लाख ५६ हजार भारतीय २ लाख ५६ हजार ५१० आएका छन् । यस्तै तेस्रो मुलुकबाट पासपोर्टधारी ७६ हजार २१० पर्यटक आएका छन् । लुम्बिनी विकास कोषमा सूचना अधिकारी डा हरिध्वज राईले लुम्बिनी आउने पर्यटक सङ्ख्या कोभिड अघिको जस्तै अवस्था आउन नसकेको बताए । 

सन २०२० र ०२१ मा कोरोना सङ्क्रमणका कारण पर्यटन सहित समग्र क्षेत्र प्रभावित बनेको थियो । कोभिडको प्रभाव कम भएपछि २०२२ बाट अवस्था सहज हुँदै भएपछि पर्यटक आउन थाले पनि युक्रेन र रुसी लडाइँको असर परेका कारणले पनि तेस्रो मुलुकबाट अझै प्ररात्त मात्रामा पर्यटक आउन नसकेको रातोपाटीलाई बताए । 

उनले ४ वर्ष अघिको तुलनामा लुम्बिनीमा भारतीय पर्यटकको आगमन बढेको छ । तर आन्तरिक र तेस्रो मुलुकका पर्यटकको आगमन निकै कमजोर बन्दा पुरानो लयमा अझै फर्कन नसकेको खुलाए । 

पर्यटन विद् प्राध्यापक डा गितु गिरीले पर्यटक नआउनुमा धेरै कारण रहेको खुलाउँदै अहिले लुम्बिनीमा कोभिड पछि पर्यटन नआउनु  मूल कारण आर्थिक  मन्दी नै रहेको खुलाए । उनले पर्यटन आउने सङ्ख्या प्रत्येक वर्ष वृद्धि हुँदै  भए पनि  पुरानै अवस्था नआउनु  यहाँ अन्य कारण पनि जोडिने बताए । भारतीय पर्यटक आगमन बढ्दा आन्तरिक र तेस्रो मुलुकका पर्यटक आगमन नबढ्नुमा बुटवल नारायणगढ सडकको दुरावस्था मुख्य कारण मानिएको छ।  यस्तै  लुम्बिनी विकास कोष तथा अन्य सरोकारवालाहरूले लुम्बिनी पर्यटक भित्राउनको लागि विभिन्न  प्याकेज तथा अन्य  कार्यक्रमहरू राखेर पहल पनि कम गरेको बताए । 

7

कोभिड अघिका वर्षहरूमा नेपाल भित्रबाटै घुम्न आउने आन्तरिक पर्यटक १० लाख भन्दा बढी रहेको विकास कोषको तथ्याङ्क रहेको छ ।

सन २०१९ मा मात्र ११ लाख ७८ हजार १४० आन्तरिक पर्यटक लुम्बिनी आएका थिए । तर २०२३ मा ४५ प्रतिशत कम अर्थात् ६ लाख ५६ हजार २१८ ले मात्र लुम्बिनी घुमेका छन्। त्यसको अर्थ आन्तरिक पर्यटक वृद्धिको लागि लुम्बिनीका विकास कोषले पनि पहल गर्नु पर्ने डा गिरीले सुझाव रहेको छ । यस्तै तेस्रो मुलुकका विदेशी पर्यटकको आगमन ४ वर्ष अघिको तुलनामा ५६ प्रतिसतले कम छन् । 

5

सन २०१९ मा भारत बाहेक तेस्रो मुलुकबाट १ लाख ७४ हजार १५ पर्यटक लुम्बिनी आएका थिए । तर २०२३ मा ७६ हजार २१० विदेशी पर्यटक मात्र लुम्बिनी आएका छन् । 

लुम्बिनीका होटेल व्यवसाय, विकास कोष तथा सरोकारवालाहरूले लुम्बिनी आन्तरिक र बाह्य पर्यटक थप भित्राउनको लागि पहल गरे पनि पुरानो अवस्था ल्याएको लागि सकस परेको पर्यटन बोर्ड परिषद् लुम्बिनीका कार्यकारी राजु जोशीले बताए । उनले लुम्बिनीलाई खास गरी धार्मिक पर्यटक विदेशी भित्राउनको विमानस्थल अन्तर्राष्ट्रिय उडान नै नियमित गर्नुपर्ने बताए । उनले स्वदेशी तथा विदेशी पर्यटकहरूलाई लुम्बिनी भित्राउनको लागि प्रदेश सरकार,केही स्थानीय तह तथा अन्य सरोकारवालाहरू मिलेर विभिन्न कार्यक्रम गर्ने योजना रहेको खुलाए । 

4

होटेल तथा रेष्टुरष्ट व्यवसायी सङ्घ रुपन्देहीका अध्यक्ष लेखनाथ न्यौपाने लुम्बिनी पर्यटक भारतीय आए पनि कम खर्च गर्ने भएको व्यवसायीको लागि त्यति लाभदायक नहुने तर तेस्रो मूलकको पर्यटक ल्याउन राज्यले पहल गर्नुपर्ने बताए ।

o632

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप