मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु, दुई जना घाइते
मकवानपुर। मकवानपुरको हेटौँडामा मोटरसाइकलको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ । बुधबार बिहान हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ थानाभर्याङस्थित पूर्वपश्चिम राजमार्गमा अभ्यासका लागि दौडिँदै गरेको अवस्थामा मोटरसाइकलले ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको हो भने अन्य २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृत्यु हुनेमा डडेलधुरा जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर ६ घर भई बागमती प्रदेश प्रहरी गण हेटौडामा कार्यरत वर्ष २५ का प्रहरी जवान विनोद एडी रहेका छन् । प्रहरी जवान एडीलाई हेटौँडा बजारबाट नवलपुरतर्फ जाँदै गरेको ना ४३ प २२२ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका एडीलाई उपचारको लागी हेटौँडा अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
मोटरसाइकलको ठक्करबाट घाइते भएका प्रहरी जवान नवराज सार्की र विजय खत्री सामान्य अवस्थामा रहेको र उपचारपछि डिस्चार्ज गरिएको उनले बताए । प्रहरी जवान एडीलाई ठक्कर दिएपछि अनियन्त्रित भएको मोटरसाइकल पल्टिँदा मोटरसाइकल चालक समेत घाइते भएको प्रवक्ता भण्डारीले बताए ।
हेटौँडा-४ का ४२ वर्षीय मोटरसाइकल चालक लक्ष्मण लामाको टाउको र हातमा चोट लागेको र हेटौँडा अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि चितवनको भरतपुर स्थित पुरानो मेडिकल कलेज पठाइएको प्रवक्ता भण्डारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
-
युक्रेनद्वारा मस्कोको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण
-
इन्फ्लुएन्सर ओरी एउटै रिलको ७६ लाख लिन्छन्, विवाहमा पाहुना बन्न २५ लाखसम्मको शुल्क
-
नारायणीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
रास्वपा महाधिवेशन : मधेस र निर्वाचन हुन नसकेका जिल्लाका लागि विशेष व्यवस्था
-
सरकारले एउटा पनि विद्यार्थीको शैक्षिक अधिकार वञ्चित गर्दैन : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण