मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
जाजरकोट भूकम्प

प्रभावित क्षेत्रमा परम्परागत शैलीमा भूकम्प प्रतिरोधी घर बनाउनुपर्छ : जनार्दन शर्मा

बुधबार, १८ पुस २०८०, १४ : ०३
बुधबार, १८ पुस २०८०

ललितपुर । माओवादी केन्द्रका उपमहासचिव तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले जाजरकोट र रुकुम पश्चिमलगायतका प्रभावित क्षेत्रमा परम्परागत शैलीमा भूकम्प प्रतिरोधी घर निर्माण गरिनुपर्नेमा जोड दिएका छन् । 
बुधवार ललितपुरमा आयोजित भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माण सम्बन्धी बृहत् अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वमअर्थमन्त्री समेत रहेका शर्माले परम्परागत  शैलीमा भूकम्प प्रतिरोधी घर बनाउनु पर्नेमा जोड दिएका हुन् । 

यस्तै उनले प्रभावित क्षेत्रमा विद्यालय पुनर्निर्माण गर्दा आवश्यकता अनुसार स्कुल मर्ज गरेर सोही अनुसार काम गर्न सकिने धारणा राखे । रुकुम पश्चिमबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने उनले पुनर्निर्माणका क्रममा वातावरण संरक्षणका साथै समुदायमा आधारित निर्माणमा जोड दिनुपर्ने बताए । 

उनले घर मात्रै नभई शौचालय, गोठलगायत समेतको निर्माणमा सहयोग गर्न उनले सरकारसँग माग गरे  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप