प्रभावित क्षेत्रमा परम्परागत शैलीमा भूकम्प प्रतिरोधी घर बनाउनुपर्छ : जनार्दन शर्मा
ललितपुर । माओवादी केन्द्रका उपमहासचिव तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले जाजरकोट र रुकुम पश्चिमलगायतका प्रभावित क्षेत्रमा परम्परागत शैलीमा भूकम्प प्रतिरोधी घर निर्माण गरिनुपर्नेमा जोड दिएका छन् ।
बुधवार ललितपुरमा आयोजित भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माण सम्बन्धी बृहत् अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वमअर्थमन्त्री समेत रहेका शर्माले परम्परागत शैलीमा भूकम्प प्रतिरोधी घर बनाउनु पर्नेमा जोड दिएका हुन् ।
यस्तै उनले प्रभावित क्षेत्रमा विद्यालय पुनर्निर्माण गर्दा आवश्यकता अनुसार स्कुल मर्ज गरेर सोही अनुसार काम गर्न सकिने धारणा राखे । रुकुम पश्चिमबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने उनले पुनर्निर्माणका क्रममा वातावरण संरक्षणका साथै समुदायमा आधारित निर्माणमा जोड दिनुपर्ने बताए ।
उनले घर मात्रै नभई शौचालय, गोठलगायत समेतको निर्माणमा सहयोग गर्न उनले सरकारसँग माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण