जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण गर्न करिब ८० अर्ब खर्च लाग्छ : अर्थमन्त्री
काठमाडौँ । अर्थमन्त्री प्रकशशरण महतले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा भौतिक संरचना पुनर्निर्माण गर्न करिब ७५ देखि ८० अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको बताएका छन् । ललितपुरमा आयोजित जाजरकोट रामीडाँडा भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणसम्बन्धी बृहत् अन्तरक्रिया कार्यक्रममा मन्त्री महतले भौतिक संरचना पुनर्निर्माणका लागि सरकारले हाल १० अर्ब रकम छुट्याएको उल्लेख गरेका हुन् ।
तत्काल अस्थायी आवासका लागि सरकारले ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको पनि उनले जानकारी दिए । सो रकम छिटो नै स्थानीय तहमा पुग्ने उनले बताए ।
हालको स्रोतले भौतिक संरचना पुनर्निर्माणको लागि अपुग भएको उनको भनाई थियो । आफ्नो स्रोतबाहेक अन्य क्षेत्रबाट पनि रकम जुटाउन पहल भइरहेको मन्त्री महतले बताए ।
यता पूर्वअर्थमन्त्री जनार्दन शर्माले भौतिक संरचना निर्माण गर्दा वातावरण मैत्री, पुरानो शैलीमा नयाँ प्रविधिको घर निर्माण गर्न उनले सुझाए । सरकारले भूकम्प प्रतिरोध घर निर्माण गर्न पहल गर्नुपर्ने उनले उल्लेख गरे । जाजरकोट केन्द्रबिन्दु बनाएर गत कार्तिक १७ गते ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण