आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
जाजरकोट भूकम्प

जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण गर्न करिब  ८० अर्ब खर्च लाग्छ : अर्थमन्त्री

बुधबार, १८ पुस २०८०, १३ : १६
बुधबार, १८ पुस २०८०

काठमाडौँ । अर्थमन्त्री  प्रकशशरण महतले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा भौतिक संरचना पुनर्निर्माण गर्न करिब ७५ देखि ८० अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको बताएका छन् । ललितपुरमा आयोजित जाजरकोट रामीडाँडा भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणसम्बन्धी बृहत् अन्तरक्रिया कार्यक्रममा मन्त्री महतले भौतिक संरचना पुनर्निर्माणका लागि सरकारले हाल १० अर्ब रकम छुट्याएको उल्लेख गरेका हुन् । 

तत्काल अस्थायी आवासका लागि सरकारले ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको पनि उनले जानकारी दिए । सो रकम छिटो नै स्थानीय तहमा पुग्ने उनले बताए ।

हालको स्रोतले भौतिक संरचना पुनर्निर्माणको लागि अपुग भएको उनको भनाई थियो । आफ्नो स्रोतबाहेक अन्य क्षेत्रबाट पनि रकम जुटाउन पहल भइरहेको मन्त्री महतले बताए । 

यता पूर्वअर्थमन्त्री जनार्दन शर्माले भौतिक संरचना निर्माण गर्दा वातावरण मैत्री, पुरानो शैलीमा नयाँ प्रविधिको घर निर्माण गर्न उनले सुझाए । सरकारले भूकम्प प्रतिरोध घर निर्माण गर्न पहल गर्नुपर्ने उनले उल्लेख गरे ।  जाजरकोट केन्द्रबिन्दु बनाएर गत कार्तिक १७ गते ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप