आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

यी हुन् प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन र विकेट लिने खेलाडी

बुधबार, १८ पुस २०८०, १६ : ०३
बुधबार, १८ पुस २०८०

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जित्यो । एपीएफ क्लबले बुधबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको फाइनल खेलमा कोशी प्रदेशलाई ११ रनले हरायो ।

प्रधानमन्त्री कपमा कोशी प्रदेशकी कप्तान रुविना क्षेत्री सर्वाधिक रन बनाउने खेलाडी बनिन् । उनले १० पालीमा ४३.१२ को औसतमा कुल तीन सय ४५ रन बनाइन् । प्रतियोगितामा उनले तीनवटा अर्धशतक प्रहार गरिन् । एउटै खेलमा उनको उच्च स्कोर ६२ रन रह्यो ।

सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा एपीएफ क्लबकी इन्दू बर्मा दोस्रो स्थानमा रहिन् । इन्दूले सात पालीमा ९४.६६ को औसतले दुई सय ८४ रन बनाइन् । प्रतियोगितामा उनले तीनवटा अर्धशतक प्रहार गरिन् । एउटै खेलमा उनको उच्च स्कोर अविजित ७० रन रह्यो ।

सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा सुदूरपश्चिम प्रदेशकी कविता जोशी तेस्रो स्थानमा रहिन् । उनले ५६.७५ को औसतले कुल दुई सय २७ रन बनाइन् । प्रतियोगितामा उनले एक अर्धशतक प्रहार गरिन् । उनले एउटै खेलमा बनाएको उच्च स्कोर अविजित ७८ रन हो ।

यसैगरी सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा मधेश प्रदेशकी पूजा महतो पहिलो स्थानमा रहिन् । उनले सात पालीमा १२ विकेट लिइन् । सुदूरपश्चिम प्रदेशकी लक्ष्मी साउदीले पनि १२ विकेट लिइन् ।

उनले नौ पालीमा १२ विकेट लिएकी हुन् । सर्वाधिक विकेट लिने बलरको सूचीमा कोशी प्रदेशकी एलिसा खाडिया तेस्रो स्थानमा रहिन् । उनले १० पालीमा ११ विकेट लिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप