यी हुन् प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन र विकेट लिने खेलाडी
काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जित्यो । एपीएफ क्लबले बुधबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको फाइनल खेलमा कोशी प्रदेशलाई ११ रनले हरायो ।
प्रधानमन्त्री कपमा कोशी प्रदेशकी कप्तान रुविना क्षेत्री सर्वाधिक रन बनाउने खेलाडी बनिन् । उनले १० पालीमा ४३.१२ को औसतमा कुल तीन सय ४५ रन बनाइन् । प्रतियोगितामा उनले तीनवटा अर्धशतक प्रहार गरिन् । एउटै खेलमा उनको उच्च स्कोर ६२ रन रह्यो ।
सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा एपीएफ क्लबकी इन्दू बर्मा दोस्रो स्थानमा रहिन् । इन्दूले सात पालीमा ९४.६६ को औसतले दुई सय ८४ रन बनाइन् । प्रतियोगितामा उनले तीनवटा अर्धशतक प्रहार गरिन् । एउटै खेलमा उनको उच्च स्कोर अविजित ७० रन रह्यो ।
सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा सुदूरपश्चिम प्रदेशकी कविता जोशी तेस्रो स्थानमा रहिन् । उनले ५६.७५ को औसतले कुल दुई सय २७ रन बनाइन् । प्रतियोगितामा उनले एक अर्धशतक प्रहार गरिन् । उनले एउटै खेलमा बनाएको उच्च स्कोर अविजित ७८ रन हो ।
यसैगरी सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा मधेश प्रदेशकी पूजा महतो पहिलो स्थानमा रहिन् । उनले सात पालीमा १२ विकेट लिइन् । सुदूरपश्चिम प्रदेशकी लक्ष्मी साउदीले पनि १२ विकेट लिइन् ।
उनले नौ पालीमा १२ विकेट लिएकी हुन् । सर्वाधिक विकेट लिने बलरको सूचीमा कोशी प्रदेशकी एलिसा खाडिया तेस्रो स्थानमा रहिन् । उनले १० पालीमा ११ विकेट लिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महामन्त्रीको अभिव्यक्तिप्रति त्रिवि स्ववियुको आपत्ति
-
सर्वोच्चको व्याख्याः मतियारलाई सम्पत्ति शुद्धीकरणमा मुद्दा चल्न मुख्य कसुरमा मुद्दा चल्न पर्छ भन्ने छैन
-
सरकारले विश्वविद्यालयमा कस्तो नेतृत्व खोजेको हो ?
-
इप्पानको नयाँ कार्यसमितिले लियो शपथ
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण