राष्ट्रियसभाको भागबण्डा मिलाउन बालुवाटारमा सत्ता गठबन्धनको बैठक

काठमाडौँ । राष्ट्रियसभा निर्वाचनमा भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो साढे तीन बजेबाट बैठक सुरु भएको हो ।
बैठकमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेता सहभागी छन् । राष्ट्रियसभा निर्वाचनमा भागबण्डा मिलाउन मंगलबार र बुधवार विहान कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताबिच मात्र छलफल भएको थियो । कांग्रेस र माओवादीका नेताहरुको छलफलपछि गठबन्धनमा छलफल गरेर आज साँझ पाँच बजे एमालेसहित बैठक बोलाउने सहमति भएको थियो ।
आगामी फागुन २० मा एमालेका (एक मनोनित) सहित ९, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ ।
जसमा कोशी प्रदेशबाट २, मधेस प्रदेशबाट २, बागमती प्रदेशबाट ४, गण्डकी प्रदेशबाट ३, लुम्बिनी प्रदेशबाट २, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ३–३ सदस्यका लागि निर्वाचन हुनेछ । आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ मा उम्मेदवारी दर्ता समय तोकिएको छ । निर्वाचनको मिति नजिकिएसँगै दलहरुबिच सिट बाँडफाँटबारे छलफलले तीव्रता पाएको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रदेश सभा : प्रमुख प्रतिपक्ष दलका सांसद नआएपछि ससद् स्थगित
-
एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीविरुद्ध प्रहरीमा चेक अनादरको जाहेरी
-
निजामती विधेयकका विषयमा माओवादीले राजनीति गर्न खोज्योः बर्तौला
-
आलमलाई सफाइ दिने दुई न्यायाधीश न्याय परिषद् तानिए
-
नयाँ वैकल्पिक शक्तिसँग सहकार्य र पहलकदमीको नेतृत्व गर्ने नेसपा (नयाँ शक्ति) को निर्णय
-
'माधव नेपाललाई कमजोर बनाएर समाजवादी पार्टी विघटन गर्ने ओलीको योजना छ'