राष्ट्रियसभाको भागबण्डा मिलाउन बालुवाटारमा सत्ता गठबन्धनको बैठक
काठमाडौँ । राष्ट्रियसभा निर्वाचनमा भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो साढे तीन बजेबाट बैठक सुरु भएको हो ।
बैठकमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेता सहभागी छन् । राष्ट्रियसभा निर्वाचनमा भागबण्डा मिलाउन मंगलबार र बुधवार विहान कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताबिच मात्र छलफल भएको थियो । कांग्रेस र माओवादीका नेताहरुको छलफलपछि गठबन्धनमा छलफल गरेर आज साँझ पाँच बजे एमालेसहित बैठक बोलाउने सहमति भएको थियो ।
आगामी फागुन २० मा एमालेका (एक मनोनित) सहित ९, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ ।
जसमा कोशी प्रदेशबाट २, मधेस प्रदेशबाट २, बागमती प्रदेशबाट ४, गण्डकी प्रदेशबाट ३, लुम्बिनी प्रदेशबाट २, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ३–३ सदस्यका लागि निर्वाचन हुनेछ । आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ मा उम्मेदवारी दर्ता समय तोकिएको छ । निर्वाचनको मिति नजिकिएसँगै दलहरुबिच सिट बाँडफाँटबारे छलफलले तीव्रता पाएको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण