पर्यटन बोर्ड आफ्नो उद्देश्यभन्दा बाहिर गयो : सांसद राणा

काटमाडौँ । नेपाली काँग्रेसका सांसद उदयशमशेर राणाले नेपाल पर्यटन बोर्ड आफ्नो उद्देश्य भन्दा बाहिर गएको बताएका छन् । बिहीवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले पर्यटन बोर्डको उद्देश्य स्पष्ट हुनुपर्ने बताए । उनले पर्यटन बोर्डको मापदण्डअनुसार ६० प्रतिशत बजेट पर्यटन प्रवद्र्धनका लागि विदेशमा खर्च गर्नुपर्ने प्रावधान रहेको भन्दै सो बजेट खर्च भएको छ ? भन्दै प्रश्न गरे ।
‘यो पर्यटन बोर्डको उद्देश्य के हो । हामी अलिकति उद्देश्यभन्दा बाहिर गएको छौँ कि छैनौँ ? भन्ने कुरामा हामी केन्द्रित हुन जरुरी छ । तपाईंहरुको मापदण्डअनुसार ६० प्रतिशत बजेट टुरिजम प्रमोट गर्नका लागि विदेशमा खर्च गर्नुहुन्छ’ उनले भने, ‘त्यो खर्च भएको छ कि छैन ?’
उनले लण्डनको वर्ल्ड टावर मार्केट टुरिजम फेयरमा ४० वर्षसम्म निरन्तर सहभागी भएको नेपाल यसवर्ष हुन नसकेको बारे पर्यटन बोर्डसँग जवाफ माग गरे । राणाले भने, ‘हामीले अहिले लण्डनको वल्र्ड टावर मार्केट यो टुरिजम फेयरमा ४० वर्षसम्म निरन्तर सहभागी भयौँ, यसपालि गरेको छैन । किन गरेनौँ ? जुन ६० प्रतिशत मिनिमम पैसा प्रमोशनमा खर्च हुनुपर्ने हो, त्यो प्रमोशनमा खर्च नभएर सानोतिनो गाउँमा कहाँ मन्दिर मनाउने वा के गर्ने भन्नेमा गएको छ ।’
सांसद राणाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौँ उपत्यकाका तीनवटै दरबार स्क्वायरमा सूचना डेस्क अहिले किन नराखेको हो ? भन्दै प्रश्न गरे । विमानस्थलमा निजी क्षेत्रबाट सूचना डेस्क रहेको भएपनि सरकारी डेस्क नराख्नुको कारण माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
-
खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा
-
आँपको सुवासले मगमगाइरहको छ सिरहा, चिस्यान केन्द्र नहुँदा समस्या
-
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै
-
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै
-
मेस्सीको गोलले इन्टर मियामीलाई पोर्टोमाथि जित