पर्यटन बोर्ड आफ्नो उद्देश्यभन्दा बाहिर गयो : सांसद राणा
काटमाडौँ । नेपाली काँग्रेसका सांसद उदयशमशेर राणाले नेपाल पर्यटन बोर्ड आफ्नो उद्देश्य भन्दा बाहिर गएको बताएका छन् । बिहीवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले पर्यटन बोर्डको उद्देश्य स्पष्ट हुनुपर्ने बताए । उनले पर्यटन बोर्डको मापदण्डअनुसार ६० प्रतिशत बजेट पर्यटन प्रवद्र्धनका लागि विदेशमा खर्च गर्नुपर्ने प्रावधान रहेको भन्दै सो बजेट खर्च भएको छ ? भन्दै प्रश्न गरे ।
‘यो पर्यटन बोर्डको उद्देश्य के हो । हामी अलिकति उद्देश्यभन्दा बाहिर गएको छौँ कि छैनौँ ? भन्ने कुरामा हामी केन्द्रित हुन जरुरी छ । तपाईंहरुको मापदण्डअनुसार ६० प्रतिशत बजेट टुरिजम प्रमोट गर्नका लागि विदेशमा खर्च गर्नुहुन्छ’ उनले भने, ‘त्यो खर्च भएको छ कि छैन ?’
उनले लण्डनको वर्ल्ड टावर मार्केट टुरिजम फेयरमा ४० वर्षसम्म निरन्तर सहभागी भएको नेपाल यसवर्ष हुन नसकेको बारे पर्यटन बोर्डसँग जवाफ माग गरे । राणाले भने, ‘हामीले अहिले लण्डनको वल्र्ड टावर मार्केट यो टुरिजम फेयरमा ४० वर्षसम्म निरन्तर सहभागी भयौँ, यसपालि गरेको छैन । किन गरेनौँ ? जुन ६० प्रतिशत मिनिमम पैसा प्रमोशनमा खर्च हुनुपर्ने हो, त्यो प्रमोशनमा खर्च नभएर सानोतिनो गाउँमा कहाँ मन्दिर मनाउने वा के गर्ने भन्नेमा गएको छ ।’
सांसद राणाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौँ उपत्यकाका तीनवटै दरबार स्क्वायरमा सूचना डेस्क अहिले किन नराखेको हो ? भन्दै प्रश्न गरे । विमानस्थलमा निजी क्षेत्रबाट सूचना डेस्क रहेको भएपनि सरकारी डेस्क नराख्नुको कारण माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण