भारतीय विदेशमन्त्री जयशंकरले भेटे क्यान पदाधिकारी र खेलाडी
काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारी र नेपाली खेलाडीसँग भेट गरेका छन् । बिहीबार द्वारिका होटलमा बोलाएर विदेशमन्त्री जयशंकरले क्यान पदाधिकारी र खेलाडीहरुसँग भेट गरेका हुन् ।
भेटमा विदेशमन्त्री जयशंकरले नेपाली क्रिकेटले योजना लिएर आए सबै सहयोग गर्न भारत तयार रहेको प्रतिबद्धता जनाएका छन् । उनले दीर्घकालीन र अल्पकालीन कार्यायोजना लिएर आए भारत सहयोग गर्न तयार रहेको बताए ।
भेटमा क्यानले कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न बनाइदिन आग्रह गरेको छ । यसमा विदेशमन्त्री जयशंकर सकारात्मक भएको क्यानले जनाएको छ । यस्तै क्यानले नेपाल र भारतबिच दुईपक्षीय शृङ्खला खेलाउने व्यवस्था गरिदिन पनि आग्रह गरेको छ ।
क्यानले नेपाली क्रिकेटको विकासका लागि दीर्घकालीन र अल्पकालीन योजना बनाएर सम्बन्धित निकायमार्फत भारत सरकारसमक्ष पेस गर्ने जनाएको छ ।
भेटमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्का तथा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरीलगायत ६ खेलाडीको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बम्पर चिठ्ठा’ निर्माण घोषणा
-
भूकम्पपछि उद्धार गरिएका सयौँ घरपालुवा जनावर आफ्ना परिवार खोज्दै
-
‘सिन्दुरे जात्रा’को छायाङ्कन पुनः सुरु
-
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण