भारतीय विदेशमन्त्री जयशंकरले भेटे क्यान पदाधिकारी र खेलाडी

काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारी र नेपाली खेलाडीसँग भेट गरेका छन् । बिहीबार द्वारिका होटलमा बोलाएर विदेशमन्त्री जयशंकरले क्यान पदाधिकारी र खेलाडीहरुसँग भेट गरेका हुन् ।
भेटमा विदेशमन्त्री जयशंकरले नेपाली क्रिकेटले योजना लिएर आए सबै सहयोग गर्न भारत तयार रहेको प्रतिबद्धता जनाएका छन् । उनले दीर्घकालीन र अल्पकालीन कार्यायोजना लिएर आए भारत सहयोग गर्न तयार रहेको बताए ।
भेटमा क्यानले कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न बनाइदिन आग्रह गरेको छ । यसमा विदेशमन्त्री जयशंकर सकारात्मक भएको क्यानले जनाएको छ । यस्तै क्यानले नेपाल र भारतबिच दुईपक्षीय शृङ्खला खेलाउने व्यवस्था गरिदिन पनि आग्रह गरेको छ ।
क्यानले नेपाली क्रिकेटको विकासका लागि दीर्घकालीन र अल्पकालीन योजना बनाएर सम्बन्धित निकायमार्फत भारत सरकारसमक्ष पेस गर्ने जनाएको छ ।
भेटमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्का तथा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरीलगायत ६ खेलाडीको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादीको निष्कर्ष– हुलाकी मार्ग अभियान सोचेभन्दा बढी उपलब्धिपूर्ण
-
सिमावर्ती क्षेत्रका नागरिकलाई सरकारले लुट्ने काम गरिरहेको छ : प्रभु साह
-
चन्दा सङ्कलन गरेर किरियाघर निर्माण
-
नबिल बैंकका ग्राहकलाई भारतको अपोलो अस्पतालमा १० प्रतिशत छुट
-
फिल्म ‘महाभोज’ को ‘लालुमै’ गीत सार्वजनिक
-
नेपाल विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार नियुक्त