वार्नरले भेट्टाए हराएको आफ्नो क्याप
सिड्नी । अस्ट्रेलियाका ओपनर ब्याट्सम्यान डेविड वार्नरले आफ्नो टोपी भेट्टाएका छन् । रिटायरमेन्ट टेस्ट म्याचको बेलामा उनको ग्रीन ब्यागी क्याप हराएको थियो । क्याप भेट्टिएपछि वार्नर निकै खुसी छन् । आफूले राहत महसुस गरेको उनले बताएका छन् । सिड्नीमा म्याच खेल्न जाँदा खेरि आफ्नै अगाडिबाट कसैले क्याप चोरेको मंगलबार वार्नरले भनेका थिए ।
अहिले अस्ट्रेलिया पाकिस्तानसँग टेस्ट म्याच खेलिरहेको छ । यो खेलपछि वार्नर रिटायर हुनेछन् । वार्नरले टोपी हराउने बित्तिकै सामाजिक सञ्जालमा पोस्ट गरेर टोपी फिर्ता गर्न अनुरोध गरेका थिए । ‘जसले मेरो क्याप लिएको छ उ चाहन्छ भने मेरो ब्याकप्याक राख्न सक्छ । तर मेरो टोपी फिर्ता गरिदेऊ’ उनले भनेका थिए ।
‘क्रिकेटरको लागि उसको क्याप अमूल्य हुन्छ । यो सबै क्रिकेटरलाई थाहा छ । अब मैले मेरो क्याप पाइसके । अब म यसलाई जिन्दगीभर खजाना जस्तैगरी सम्हालेर राख्नेछु,’ उनले भनेका छन् । ‘क्याप भेटेपछि मैले निकै राहत महसुस गरिरहेको छु । यस्तो लागिरहेछ मेरो काँधबाट ठुलो बोझ हटेको छ ।’ उनी भन्छन् ।
अस्ट्रेलियामा टेस्ट क्रिकेटमा डेब्यू गर्ने खेलाडीलाई ग्रीन ब्यागी क्याप दिइन्छ । यो टोपी अस्ट्रेलियाको क्रिकेट टिमको प्रतीक बनेको छ । सन् २०२० मा अस्ट्रेलिया जङ्गली आगोको चपेटामा आएपछि राहत सङ्कलन अभियानमा सघाउन त्यहाँका दिग्गज अलराउन्डर शेन वर्नले आफ्नो क्याप १० लाख अस्ट्रेलियाली डलरमा लिलाम विक्री गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण