जापानमा भूकम्पका कारण ९२ जनाको मृत्यु, २४२ बेपत्ता
जापान । मध्य जापानको इशिकावा प्रिफेक्चरमा ७.६ म्याग्निच्युडको भूकम्प गएको चार दिनमा मृतकको सङ्ख्या ९२ पुगेको छ । साथै २४२ जना बेपत्ता भएको विवरण सार्वजनिक गरिएको छ ।
सो क्षेत्रका आसपासमा थप क्षति हुने चिन्ता बढेको र खोजी कार्य तिब्र बनाइएको बताइएको छ । स्थानीय समय अनुसार शुक्रबार बिहान ९ बजेसम्म इशिकावामा २४२ जना बेपत्ता भएको राष्ट्रिय समाचार एजेन्सी क्योडोले प्रीफेक्चरल अधिकारीहरूलाई उद्धृत गर्दै लेखेको छ ।
भूकम्पपछि सबैभन्दा बढी प्रभावित तटीय शहर वाजिमामा अझै पनि ४० भन्दा बढी मानिस पुरिएको र भत्केको संरचनामा फसेको बताइएको छ । जापानी आत्मरक्षा बलहरूले लगभग ४६ हजार कर्मचारीहरू संलग्न भएका, प्रहरी र दमकल विभागहरूसँग मिलेर बेपत्ताहरूको खोजी र सुरक्षाको पुष्टि गर्नका लागि आफ्नो प्रयासहरू बिस्तार गरेका छन् ।
क्योडोले जापानको भूस्थानिक सूचना प्राधिकरणको पछिल्लो अनुमानलाई उद्धृत गर्दै, वाजिमा शहरको केन्द्रमा भुइँचालोको क्रममा ठूलो आगलागी भएपछि ४.५ फुटबल मैदान बराबरको करिव ४८ हजार वर्ग मिटर क्षेत्रफल नष्ट भएको छ ।
१० भन्दा बढी स्थानमा पहिरोका कारण सडक अवरुद्ध भएको अवस्थामा अत्यावश्यक सामग्रीको डेलिभरी चुनौती बनेको छ । सोमबार इशिकावाको नोटो क्षेत्रमा ७.६ म्याग्निच्युडको ठूलो भूकम्प गएको थियो । जापान मौसम विज्ञान एजेन्सीले आधिकारिक रूपमा यसलाई २०२४ नोटो प्रायद्वीप भूकम्पको नाम दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण