पीपीए गर्न नआएका प्रवर्द्धकलाई रोलक्रमबाट हटाइयो
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गर्न नआएका विभिन्न १५ आयोजनाका प्रवर्द्धकलाई रोलक्रमबाट हटाएको छ ।
तोकिएको अवधिभित्र निवेदन प्राप्त नभएको, प्राप्त निवेदनमा रितपूर्वक आवश्यक कागजात र दस्तावेज संलग्न भएकाले पीपीएको प्रक्रिया अगाडि बढाउन नसकिने प्राधिकरणले जनाएको छ ।
आवश्यक कागजात नबुझाएका ती आयोजना अधिकांश नदी प्रवाही प्रकृतिका छन् । विद्युत् व्यापार विभागका अनुसार ती आयोजनाको कूल क्षमता दुई सय १५ मेगावाट छ ।
प्राधिकरणले माथिल्लो त्रिशूली दोस्रो, एक सय दुई मेगावाट, चमेलिया छटिगाड ८५ मेगावाटलगायत आयोजना छन् । ती आयोजनाको प्रवर्द्धकलाई रोलक्रमबाट हटाएपछि प्राधिकरणले छवटा आयोजनाका प्रवर्द्धकलाई पीपीए प्रक्रियामा आउन आग्रह गरिएको छ । ती आयोजनाको क्षमता दुई सय २८ मेगावाट बराबर छ ।
प्राधिकरणले आगामी १५ दिनभित्र प्राधिकरणका सम्पर्क राख्न सूचित गरेको छ । प्राधिकरणको २०७९ साल माघ २६ को नौ सय ३०औँ बैठकले नदी प्रवाही आयोजनाको अधिकतम सीमा छ हजार सात सय ५० मेगावाट नपुगेसम्म ग्रीड ‘कनेक्सन एग्रिमेन्ट’को रोलक्रमका आधारमा पीपीए गर्ने क्रममा रहेका आयोजनालाई प्राथमिकता दिने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण