बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

पशुपति क्षेत्र विकास कोषले भन्यो : आरतीको भिडियोमा कपीराइट लाग्ने सूचनामा संग्नता छैन

शुक्रबार, २० पुस २०८०, १५ : ५८
शुक्रबार, २० पुस २०८०

काठमाडौँ । पशुपति आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियोमाथि कपीराइट लाग्ने सूचनामा संलग्नता नरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

पशुपति क्षेत्र विकास कोष र बुढासुब्वा डिजिटल प्रालिले एक सूचना निकाल्दै पशुपति क्षेत्रमा भिडियो खिचेर सामाजिक सञ्जालमा राखे कपीराइट ऐन अन्तर्गत कारबाही हुने जनाइएको थियो ।

पशुपति क्षेत्र विकास कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उक्त सूचनाप्रति असहमति जनाएकी हुन् । उक्त सूचना प्रकाशितप्रति कोषको कुनैपनि संलग्नता नरहेको पुनको भनाइ छ ।

सहमतिमा पशुपति क्षेत्र विकास कोषको सहमति नभएपनि तोड्नका लागि कोषको बैठक बस्नुपर्ने उनले बताइन् । ‘हामी नआउँदै सहमति भएको रहेछ । त्यसलाई तोड्नका लागि परिषद् बैठक बस्नुपर्‍यो । एक जनाले तोडियो भनेर भएन,’ उनले भनिन् ।  

भएको सहमति अनुसार बुढासुब्बाले पशुपतिनाथको कोर क्षेत्रमा कपीराइट लगाउन पाएपनि गंगा आरतीमा भने लगाउन नपाउने पुनको भनाइ छ । ‘गंगा आरती हामीले चलाएको होइन । त्यहाँ ब्राह्मणहरु हाम्रो कोषका कर्मचारी होइनन् । न हामीले स्वीकृति देखिएको हो । हाम्रो घरै होइन भने हामीले कसरी बहालमा दिन्छौँ,’ पुन भन्छिन्, ‘परिसर हाम्रो हो । सम्पत्ति हाम्रो हो । तर, कार्यक्रम पशुपतिनाथ बागमती आरती समितिले सञ्चालन गरेको हो । त्यसमा हाम्रो संग्नता छैन । त्यसैले त्यसको कपीराइट हामीले दिने कुरा होइन ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप