रसियामा आकर्षक तलब हुन्छ भनेर सेनामा भर्ती हुन पठाउने २ जना पक्राउ
काठमाडौँ । रसियामा आकर्षक तलब हुने प्रलोभन देखाउँदै ठगी गर्ने कार्यमा संलग्न दुई जना पक्राउ गरेका छन् । होटेलमा आकर्षक तलब हुने भन्दै ६ लाख असुलेर त्यहाँ पुर्याएपछि सेनामा भर्ती गराउन खोज्ने अलास्का ट्राभल्सका संचालक गोरखाका अर्जुन श्रेष्ठ भनिने अर्जुन सुनार र सोलुखुम्बुका शेखर राई भनिने शेर बहादुर राईलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनीहरूले शंकर कार्की , राजन राई र विकास राईलाई रसिया पठाएका थिए । रसिया पुगे पश्चात् पनि शंकर कार्कीलाई रिसिभ गर्ने व्यक्तिले थप ८०० डलर लिएका थिए भने त्यसपछि उनले रसियन आर्मीमा भर्ती हुनुपर्छ भनेका थिए । तर, कार्कीले आफू आर्मीको लागि नआएको बताएनि दलालले होटेलमा कुनै काम नभएको र आर्मीको लागि बोलाएको बताएका थिए ।
त्यसपछि शंकर कार्कीले रसिया आर्मीमा काम नगर्ने भन्दै फर्किएर प्रहरीमा उजुरी दिएका थिए । अनुसन्धानका क्रममा एसएसलीमात्रै पास गरेका कार्कीको सबै नक्कली कागजात समेत ट्राभल्सवालाले नै बनाइदिएको खुलेको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
अभियुक्तहरुलाई राजधानीबाट पक्राउ गरी मानव तस्करीको कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौँ पठाइएको छ । साथै राजन राई र विकास राईलाई रसिया आर्मीमा भर्ना गरिएको बुझिन आएको रेग्मीले बताए । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण