आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

भारतले सोझै २० करोड दिने सम्झौता  रद्द गर्न युवा संघको चेतावनी

शुक्रबार, २० पुस २०८०, १७ : ०४
शुक्रबार, २० पुस २०८०

काठमाडौँ । युवा संघ नेपालले नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय ‘उच्च प्रभावयुक्त सामुदायिक विकास योजना’ कार्यक्रम अन्तर्गत सोझै भारत सरकारले २० करोड दिन सक्ने गरी भएको सम्झौताको चर्को विरोध गरेको छ ।

युवा संघ नेपालका संयोजक कृष्णकुमार विश्वकर्माले शुक्रवार विज्ञप्ति जारी गर्दै स्वाभिमानी, देशभक्त र स्वाधीन नागरिकहरूले उक्त सम्झौता स्वीकार गर्न नसक्ने जनाएका छन् ।

‘भूगोल, जनसङ्ख्या र सामर्थ्यमा सानो हौंला तर स्वाधीनताको सवालमा हामी सधैँ स्वतन्त्र थियौँ र रहन चाहन्छौँ । तसर्थ उक्त सहयोगको नाममा हाम्रो आन्तरिक मामिलामा माथिको यो किसिमको हस्तक्षेप अस्वीकार्य त छँदै छ के कारणले यो सरकार यस्तो सम्झौता गर्न बाध्य भयो जनता सामु छर्लङ्ग पार्न आग्रह गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।

उक्त सम्झौतालाई राष्ट्रघाती भन्दै युवा संघले अविलम्ब रद्द गरी जनतासामु आत्म आलोचित बन्न नेपाल सरकारलाई सुझाव दिएको छ । ‘अन्यथा स्वाभिमान र स्वाधीनता को पक्षमा उठ्ने राष्ट्रभक्ति आन्दोलनको युवासंघ नेपालले अगुवाइ गरी सडक बाटै सम्झौता बर्खास्त गराउने चेतावनी दिन चाहन्छौँ’, युवा सङ्घको चेतावनी छ । 

yuba

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप