भारतले सोझै २० करोड दिने सम्झौता रद्द गर्न युवा संघको चेतावनी
काठमाडौँ । युवा संघ नेपालले नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय ‘उच्च प्रभावयुक्त सामुदायिक विकास योजना’ कार्यक्रम अन्तर्गत सोझै भारत सरकारले २० करोड दिन सक्ने गरी भएको सम्झौताको चर्को विरोध गरेको छ ।
युवा संघ नेपालका संयोजक कृष्णकुमार विश्वकर्माले शुक्रवार विज्ञप्ति जारी गर्दै स्वाभिमानी, देशभक्त र स्वाधीन नागरिकहरूले उक्त सम्झौता स्वीकार गर्न नसक्ने जनाएका छन् ।
‘भूगोल, जनसङ्ख्या र सामर्थ्यमा सानो हौंला तर स्वाधीनताको सवालमा हामी सधैँ स्वतन्त्र थियौँ र रहन चाहन्छौँ । तसर्थ उक्त सहयोगको नाममा हाम्रो आन्तरिक मामिलामा माथिको यो किसिमको हस्तक्षेप अस्वीकार्य त छँदै छ के कारणले यो सरकार यस्तो सम्झौता गर्न बाध्य भयो जनता सामु छर्लङ्ग पार्न आग्रह गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।
उक्त सम्झौतालाई राष्ट्रघाती भन्दै युवा संघले अविलम्ब रद्द गरी जनतासामु आत्म आलोचित बन्न नेपाल सरकारलाई सुझाव दिएको छ । ‘अन्यथा स्वाभिमान र स्वाधीनता को पक्षमा उठ्ने राष्ट्रभक्ति आन्दोलनको युवासंघ नेपालले अगुवाइ गरी सडक बाटै सम्झौता बर्खास्त गराउने चेतावनी दिन चाहन्छौँ’, युवा सङ्घको चेतावनी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
-
महिनावारीमा दुखाइ कम गर्ने औषधिले बाँझोपन निम्त्याउँछ ?
-
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण