सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

छोरी बन्लिन् किम जोङ उनको उत्तराधिकारी

शुक्रबार, २० पुस २०८०, १८ : २५
शुक्रबार, २० पुस २०८०

प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ उनकी छोरीलाई उनको उत्तराधिकारीको रुपमा हेर्न थालिएको छ । दक्षिण कोरियाको जाजुस एजेन्सीले यस्तो बताएको हो ।

उनकी नाबालिक छोरीलाई बाहिरी विश्वसामु ल्याइएको एक वर्षभन्दा अलि बढी मात्रै भयो । १० वर्षीय बालिका उत्तर कोरियाको भावी नेता बन्नेबारे अनेकौँ अफवाह र अड्कलबाजी सुन्नमा आइरहेका छन् ।

जु एई सन् २०२२ को नोभेम्बरमा पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएकी थिइन् । त्यतिबेला एईले आफ्नो पिताको साथमा लामो दूरीको आईसीबीएम मिसाइल प्रक्षेपण हेरेकी थिइन् । त्यसयता बालिका कयौं मुख्य सार्वजनिक कार्यक्रमहरुमा पिताको साथमा देखिइन् । उत्तर कोरियाको सरकारी सञ्चार माध्यमहरुले बालिकालाई किमको सबैभन्दा प्रिय र सम्मानित बालिका बताउँछन् । भिडियो फुटेज र तस्बिरहरुले राजनीतिमा उनको बढ्दो लोकप्रियता र पितासँगको निकटतालाई बलियो देखाइरहेका छन् ।

एई सैन्य कार्यक्रम, नयाँ वर्षको उत्सव जस्ता कार्यक्रमहरुमा प्रायः पितासँगै देखिन्छिन् । उत्तर कोरियामा यस्तो दृश्य अकल्पनीय हो । पछिल्लो समय सार्वजनिक कार्यक्रमहरुमा एईको उपस्थिति र राज्यले उनलाई उपलब्ध गराएको प्रोटोकल आदिका आधारमा दक्षिण कोरियाको मुख्य जासुस एजेन्सी नेशनल इन्टेलिजेन्स सर्भिस (एनआईएस)ले उनलाई किमको भावी उत्तराधिकारीको रुपमा हेरेको छ ।

किम युवै छन् । उनमा त्यस्तो स्वास्थ्य समस्या छैन । उनले अर्को एउटा बच्चा पनि जन्माउन सक्ने भएकोले उत्तरको शक्ति आरोहण प्रक्रियामा यसै भन्न नसकिने एनआईएसको भनाई छ । उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले उत्तराधिकारीबारे कुनै टिकाटिप्पणी गरेको छैन । एईको दाजुभाई दिदीबहिनी छन् कि छैनन् भन्नेबारेपनि उनीहरुले केही बताएका छैनन् । केही सञ्चार माध्यमहरुले किमलाई एईबाहेक अर्का २ सन्तानको पिता भनेका छन् । तर अहिलेसम्म उनीहरुलाई सर्वाजनिक गरिएको छैन । मुख्य कार्यक्रमहरुमा पिताको साथमा गएर एईलाई सानो उमेरमै नेतृत्व र मानव सञ्जाल निर्माणबारे सिकाउन खोजिएको रुपमा हेरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप