मण्डला नाटक घरमा ‘पगला घोडा’
काठमाडौँ । थिएटर आकारको प्रस्तुतिमा मण्डला नाटक घरमा ‘पगला घोडा’ को नियमित मञ्चन भइरहेको छ । निर्देशक घनश्याम श्रेष्ठले अहिले देखिएको निराशालाई आशामा परिवर्तन गर्न पगला घोडा नाटक सान्दर्भिक र उत्कृष्ट कथा लागेकाले पनि यसको मञ्चन गर्न लागिएको बताए । “यसले केही हदसम्म निराशा हटाएर सकारात्मकता बढाउँछ भन्नेमा विश्वस्त छौँ”, निर्देशक श्रेष्ठले भने ।
यही पुस १२ गतेदेखि सुरु भएको मञ्चन आगामी माघ ६ गतेसम्म हुने नाटक भारतीय सुप्रसिद्ध नाटककार बादल सरकारले लेख्नुभएको कथामा आधारित छ । उक्त नाटकलाई नेपालीमा भाषामा शिव खाँड ठकुरीले अनुवाद गरेका हुन् । सन् १९७० को दशकमा प्रगतिशील, स्थापना विरोधी नाटकका लागि परिचित रहेका सरकारको नाटकलाई अनुवाद सुपरिवेक्षण नाट्यकर्मी अशान्त शर्माले गरेका छन् ।
यसमा कलाकार प्रमोद अग्रहरि, आशान्त शर्मा, विजय ताम्राकार, बिम्ब अधिकारीसँगै चलचित्रकी अभिनेत्री मलिका महतले अभिनय गर्दैछिन् । अभिनेता अग्रहरिले आफ्नो भूमिकालाई लिएर निकै उत्साहित रहेको प्रतिक्रिया दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण