राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले स्थापना गर्यो सहायता कोष
काठमाडौँं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले दशलाख रुपैयाँको सामाजिक सहायता कोष स्थापना गर्ने भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा प्रतिष्ठानले कलाकारलाई आर्थिकरुपमा सघाउन कोष स्थापना गर्न लागेको जानाएको छ ।
‘नारायण रायमाझी सांगीतिक साँझ’मा सहयोग गर्नेलाई सम्मानसहित धन्यवाद भन्न आयोजित कार्यक्रममा अक्षयकोषको लागि पहिलो रकम ‘नारायण रायमाझी सांगीतिक साँझ’बाट संकलित राखिने छ ।
कार्यक्रममा बरिष्ठ गायक नारायण रायमाझीले प्रतिष्ठानले आयोजना गरेको पहिलो एकल साँझ नै आफ्नो भएको भन्दै आफूले भाग्यमानी महसुस गरेको बताए । उनले एकल साँझबाट आफुले पाउने रकम समेत प्रतिष्ठानको कोषमा दिने घोषणा गरे ।
समारोहमा प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगर दुःखी, पीडित कलाकारलाई सहयोग गर्न कोष बनाएको बताइन् । प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्मर बिरही गुरुङले सबै कलाकारलाई समेटेर सांगीतिक साँझ गर्नु गर्वको कुरा भएको बताए ।
उनले कार्यत्रपमको सुरुवात भन्दा पनि निरन्तरता पाउनु चुनौती पुर्ण रहेको बताए । कार्यक्रममा लोकतथा दोहोरी क्षेत्रका थु्प्रै कलाकर्मीको उपस्थिती रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत जनकपुरमा न्याय सम्पादन चुस्त: दुई वर्ष नाघेका सबै मुद्दा शून्यमा
-
लागुऔषध र तरकारीको झोलामा लुकाएर ल्याएको पेस्तोलसहित दुई जना पक्राउ
-
अर्जेन्टिना फिफा वरीयताको शीर्ष स्थानमा
-
भोजपुरमा २७ वर्षीय युवकमाथि खुकुरी प्रहार
-
फेवातालमा बढेको पानीको सतहले डुबायो ‘तालघर’, नयाँ दृश्य हेर्न पर्यटकको भीड
-
चालु आर्थिक वर्षको अन्तिम दिन : लक्ष्यको ८३ प्रतिशत राजस्व संकलन, गत वर्षभन्दा सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण