‘तौबा तेरा जलवा’मा लव गुरु अमीषा
मुम्बई । ‘गदर’ अभिनेत्री अमीष पटेल लव गुरु बनेकी छन् । उनी रियलमा नभएर रिल लाइफमा लव गुरु बनेकी हुन् । गत ५ जनवरीबाट प्रदर्शनमा आएको फिल्म ‘तौबा तेरा जलवा’मा उनी लव गुरु बनेकी हुन् । जसको जानकारी फिल्मका निर्देशक आकाशादित्य लामाले दिएका छन् ।
आकाशादित्य एक चर्चित लेखक, निर्देशक तथा थियटर कलाकार हुन् । उनले करियरको सुरुवात टिभी सिरियलबाट गरेका थिए । आकाशादित्यले फिल्म ‘गदर’का निर्देशक अनिल शर्माको सहायक भएर समेत काम गरेका थिए ।
फिल्म ‘तौवा तेरा जलवा’का लेखक समेत आकाशादित्य हुन् । फिल्मलाई राम्रो रिब्यु मिलिरहेको छ । फिल्मको विषयमा मिडिया कुराकानीमा उनले २२ वर्षदेखि अमीषासँग काम गर्ने चाहना ‘तौवा तेरा जलवा’ले पुरा गरेको बताए । कुराकानीमा उनले टिभी तथा फिल्म दुनियाँका केही विषय समेत राखेका छन् ।
‘तौवा तेरा जलवा’को विषयमा निर्देशक आकाशादित्यले फिलोसफिकल रोमान्टिक ड्रामा बताएका छन् । ‘फिल्म प्रेमको कहानीमा निर्माण भएको छ । प्रेम के हो, कसरी र किन हुन्छ, प्रेमको अन्दाज के हो । फिल्मले देखाउनेछ’ आकाशादित्यले भने ‘फिल्मको भूमिका रियल क्यारेक्टरसँग इन्सपायर हो ।’ अमीषाको भूमिका पनि आफुले चिनेको त्यस्तै महिलासँग इन्सपायर रहेको समेत आकाशादित्यले खुलाए ।
फिल्ममा अमीषाको अलवा राजेश शर्मा, एन्जेला क्रिस्लिन्जकी, जतिन खुराना लगायतको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण