आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

आगलागीबाट लाखौँको धनमाल जलेर नष्ट

आइतबार, २२ पुस २०८०, १२ : २७
आइतबार, २२ पुस २०८०

काठमाडौँ । सुर्खेतको गुर्भाकोट नगरपालिका–२ स्थित चिसापानी कृषि तथा पशुपक्षी फारममा सिलिन्डरबाट ग्याँस लिक भई गएराति आगलागी हुँदा १ हजार ५ सय वटा बोईलर कुखुरा, २५ बोरा कुखुराको दाना गरी करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

यता बैतडीको डिलासैनी गाउँपालिका–६ थलाल गाउँ बस्ने पुष्कर थलालको घरमा करेन्ट सर्ट भई शनिबार साँझ आगलागी हुँदा नगद तथा जिन्सी सामान जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप