आगलागीबाट लाखौँको धनमाल जलेर नष्ट
आइतबार, २२ पुस २०८०, १२ : २७
काठमाडौँ । सुर्खेतको गुर्भाकोट नगरपालिका–२ स्थित चिसापानी कृषि तथा पशुपक्षी फारममा सिलिन्डरबाट ग्याँस लिक भई गएराति आगलागी हुँदा १ हजार ५ सय वटा बोईलर कुखुरा, २५ बोरा कुखुराको दाना गरी करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यता बैतडीको डिलासैनी गाउँपालिका–६ थलाल गाउँ बस्ने पुष्कर थलालको घरमा करेन्ट सर्ट भई शनिबार साँझ आगलागी हुँदा नगद तथा जिन्सी सामान जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
-
सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण