गठबन्धनमा भागबन्डा मिलेपछि उम्मेदवार टुंग्याउन जुटे ४ दल
काठमाडौँ । सत्ता गठबन्धनमा राष्ट्रियसभा सदस्यको १९ सिटमा भागबन्डा टुंगिएपछि चार दलका नेताहरू उम्मेदवारको टुंगो लगाउन छुट्टाछुट्टै आन्तरिक छलफलमा जुटेका छन् ।
आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठकमा कांग्रेसले १०, माओवादीले ६, एकीकृत समाजवादी २ र जनता समाजवादीले १ सिट लिनेगरी सहमति भएसँगै ती दल आन्तरिक छलफलमा जुटेका हुन्। उक्त सहमतिपछि कांग्रेसका शीर्ष नेता सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आन्तरिक छलफलमा छन् ।
संस्थापन पक्षबाट सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का र संसदीय प्रमुख सचेतक रमेश लेखक सहभागी छन् भने इतर पक्षबाट नेता शेखर कोइराला र महामन्त्री गगन थापा छन् । आज दिउँसो १ बजे कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि बस्दै छ ।
यस्तै माओवादी केन्द्रका पदाधिकारी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको छ । उक्त बैठकबाट उम्मेदवार टुंगो लगाउने माओवादीको तयारी छ ।
यस्तै एकीकृत समाजवादीको सचिवालय बैठक पार्टी मुख्यालय आलोकनगरमा चलिरहेको छ । एकीकृत समाजवादीले गठबन्धनमा भएको सिट बाँडफाँटमा असन्तुष्टि जनाएको छ । ती सिट दाबी गरेपनि दुई मात्र पाएपछि एकीकृत समाजवादी असन्तुष्ट देखिएको छ ।
यता जनता समाजवादी पार्टीको पनि उम्मेदवारको टुंगो लगाउन कार्यकारिणी समितिको बैठक चलिरहेको छ । बालकुमारीस्थित पार्टी कार्यालयमा कार्यकारिणी समितिको बैठक बसिरहेको जसपाका नेताहरूले बताएका छन् ।
माघ ११ मा हुने निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ताको समय तोकिएको छ । लामो रस्साकस्सीपछि गठबन्धनमा सिट बाँडफाँट टुंगिएपछि दलहरू उम्मेदवार टुङ्ग्याउन लागि परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण