राष्ट्रियसभा निर्वाचन
कार्यसम्पादन समितिको बैठक सारेर कांग्रेस नेताहरू आन्तरिक रणनीति बनाउँदै
आइतबार, २२ पुस २०८०, १५ : १५
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सरेको छ । आइतबार दिउँसो १ बजेका लागि बैठक बोलाए पनि नेताहरू आन्तरिक छलफलमा व्यस्त भएपछि बैठक सारिएको हो ।
सत्ता गठबन्धनमा भागबन्डा मिलेपछि बिहान पार्टीभित्रको भागबन्डा मिलाउन सभापति शेरबहादुर देउवाको निवासमा शीर्ष नेताको बैठक सकेको थियो । संस्थापन पक्षबाट सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखक थिए भने इतर पक्षका नेता शेखर कोइराला र महामन्त्री गगन थापा सहभागी थिए ।
देउवा निवासको छलफलपछि इतर पक्षका नेताहरू नेता शेखर कोइरालाको सम्पर्क कार्यालय विशाल नगरमा छलफल गरिरहेका छन् । कांग्रेसमा संस्थापन इतर पक्षले ४ सिटमा दाबी गरेको छ । संस्थापन पक्षले २ सिट दिने रणनीतिअनुसार सत्ता गठबन्धनमा सिट लिएको देखिन्छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण