शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

अनुपविक्रमले किन भेटे ऋतिक रोशन ?

सोमबार, २३ पुस २०८०, २१ : ५२
सोमबार, २३ पुस २०८०

काठमाडौँ । अभिनेता अनुपबिक्रम शाहीले बलिउड अभिनेता ऋतिक रोशनसँग भेट गरेका छन् । मुम्बईमा रहेका शाहीले सोमबार बेलुका ऋतिक रोशनसँगको ‘क्यान्डिड’ फोटो सेयर गर्दै सो कुराको जानकारी दिएका हुन् ।

तस्बिरमा दुईजनाले गफगाफ गरिएको देखिन्छ । अनुप र ऋतिकको भेट व्यावसायिक उत्पादको प्रवर्द्धनका क्रममा भएको हो । उनीहरु पेय पदार्थ माउण्टेन डिउका ब्राण्ड एम्बेसडर हुन् ।

अनुपले सामाजिक सञ्जालमा राखिएको तस्बिरमा समेत लेट्स डिउ इट्’ लेखेका छन् । उनको सो क्याप्सनले पनि उनीहरुबीच व्यावसायिक उत्पादको प्रवर्द्धनका क्रममा भेट भएको बुझ्न सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप