युएईमा मधेसी एकता समाजको संगठन विस्तार
काठमाडौँ । प्रवासी मधेसीहरुको छाता संस्था ‘मधेसी एकता समाज’को संगठन संयुक्त अरब इमिरेट्स (यूएई) मा विस्तार भएको छ ।
धर्मेन्द्र गोहिवर यादवको नेतृत्वमा गठन भएको सो शाखाको सहअध्यक्षमा रामअयोध्या साह, वरिष्ठ उपाध्यक्षमा डा. मितुशी मित्तल झा, अम्बिका साह, शैलेन्द्र यादव, महासचिवमा रोशन देव, सहसचिवमा रामपुकार यादव, कोषाध्यक्षमा धर्मेन्द्र मण्डल, सांस्कृतिक संयोजक भोला पासवान, मिडिया संयोजकमा ललित राय छन् ।
दुबईको जवील पार्कमा एकता समाजका संस्थापक संयोजक डा.रविन्द्रकुमार यादवको विशेष आतिथ्य र निवर्तमान अध्यक्ष कृष्णा ठाकुरको सभापतित्वमा सम्पन्न कार्यक्रममा मधेसी एकता समाज, युएई इकाईद्वारा नयाँ वर्ष र माघे सङ्क्रान्ति को अवसरमा पिकनिक आयोजना गरेको थियो ।
युएई सरकारबाट गोल्डेन भिसा पाएका पहिलो नेपाली तथा वरिष्ठ चिकित्सक डा.रविन्द्रकुमार यादव, युएईमा भूउपग्रह क्षेत्रमा कार्यरत वैज्ञानिक मुकेश झा, व्यवस्थापक तनवीर आलम, भारतमा कार्यरत दिपेन्द्र चौबे, सुजित ठाकुरलगायतले सन् २०२१ मा मधेशी एकता समाजको सुरुवात गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण