पाकिस्तानको टी–२० टोलीको नयाँ उपकप्तान बने रिजवान, सबै विदेशी प्रशिक्षक हटाइयो
मङ्गलबार, २४ पुस २०८०, १६ : २६
इस्लामाबाद । पाकिस्तान क्रिकेट बोर्डले मोहम्मद रिजवानलाई टी–२० टोलीको नयाँ उपकप्तान बनाएको छ । उनले शादाब खानको स्थान लिनेछन् ।
रिजवान पाकिस्तानका लागि टी–२० मा ओपनिङ गर्छन् । सन् २०२१ को टी–२० विश्वकपमा उनले भारतविरुद्ध विजयी अर्धशतक लगाएका थिए ।
बोर्डले पुरुष टोलीका सबै विदेशी प्रशिक्षक स्टाफलाई पनि हटाएको छ । मुख्य प्रशिक्षक ग्रान्ट ब्राडबर्न इंग्लिस काउन्टी टोली ग्लेमोर्गनसँग आबद्ध पनि भइसकेका छन् ।
नयाँ प्रशिक्षकलाई नियुक्त गरिएको छैन । टोलीले जनवरी १२ देखि न्युजिल्याण्डविरुद्ध ५ वटा टी–२० खेलको शृङ्खला खेल्न लागेको छ । पाकिस्तानको टोली पछिल्लो समय खराब फर्मबाट गुज्रिरहेको छ । टोलीले हालै अस्ट्रेलियाविरुद्धको टेस्ट शृङ्खला ३–० ले गुमाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण