चक्रवर्ती कलेजका सञ्चालकमाथि धारिलो हतियार प्रहार, २४ जना पक्राउ
काठमाडौँ । काठमाडौँको बिजुली बजारस्थित चक्रवर्ती हवि एजुकेसन एकेडेमीका सञ्चालक देवेन्द्र भण्डारीमाथि धारिलो हतियार प्रहार भएको छ । गएराति एउटा समूहले उनलाई क्याम्पसमा धारिलो हतियार प्रहार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक कुमोध ढुंगेलले रातोपाटीलाई बताए ।
हतियार प्रहारबाट ६८ वर्षीय भण्डारी र चितवन घर भएका २२ वर्षीय सुरज रेग्मी घाइते भएका छन् । देवेन्द्र भण्डारीको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।
घटनामा संलग्न आरोपमा प्रहरीले २४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीका धिर्ख बहादुर रोकाया, काठमाडौँका अभिनक सिंह राठौर, सुनसरीका क्षितिक कोइराला, खोटाङका अमर बहादुर बिक, उदरपुरका जीवन भुजेल, ललितपुरका केशर देसार, सल्यानका रिजन केसी, मकवानपुरका भिमलाल वाईबा, मकवानपुरका मनिष थिङ र ललितपुरका रजित बेन्जनकार छन् ।
प्रहरीले ललितपुर घर भएका सञ्जय महर्जन, काभ्रेका चैरमान लामा, हुम्बु लामा र छेगु लामालाई पनि पक्राउ गरेको छ । त्यस्तै ललितपुरका बिजेन्द्र महर्जन, झापाका विकास मोदे, ललितपुरका जितेन्द्र श्रेष्ठ, मकवानपुरका संचार सिंह भोलनलाई पक्राउ गरिएको एसपी ढुंगेलले जानकारी दिए ।
बझाङका सेरेन जोशी, काभ्रेका सुजित दाहाल, गोरखाका सुशान्त पाण्डे, बाग्लुङका जगत आचार्य र काठमाडौँका निरज भण्डारीलाई समेत प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण