शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बैंक तथा वित्तीय संस्थामा निक्षेप ६० खर्ब ८९ अर्ब पुग्यो

मङ्गलबार, २४ पुस २०८०, १७ : ४१
मङ्गलबार, २४ पुस २०८०

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा निक्षेपको आकार बढेर ६० खर्ब ८९ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार पुस २२ गते बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ६० खर्ब ८९ अर्ब पुगेको हो । अघिल्लो दिन पुस २१ गते अर्थात् जनवरी ६, २०२४ मा यस्तो निक्षेप ६० खर्ब ८५ अर्ब रुपैयाँ हारहारी थियो । एकैदिन थप ४ अर्ब रुपैयाँ निक्षेप बढेको हो । 

यसैगरी समीक्षा अवधिमा ३ अर्ब रुपैयाँले कर्जा लगानी बढ्दै बैंक तथा वित्तीय संस्थाहरुले कूल ५० खर्ब ३६ अर्ब रुपैयाँ लगानी गरेका छन् । पुस २१ गते बैंकहरुले ५० खर्ब ३३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । 

पुस २२ गतेसम्ममा २० वटा वाणिज्य बैंकहरुले ५३ खर्ब ९० अर्ब निक्षेप संकलन गर्दै ४४ खर्ब ५२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । यसैगरी, समीक्षा अवधिमा अन्य बैंक तथा वित्तीय संस्थाहरुले ६ खर्ब ९९ अर्ब निक्षेप संकलन गरेर ५ खर्ब ८४ अर्ब कर्जा लगानी गरेका छन् । 

पुस २२ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुले कर्जा/निक्षेप अनुपात (सीडी रेसियो) ७९.९६ प्रतिशत कायम गरेका छन् । यसको मतलब बैंकले एक सय रुपैयाँ निक्षेप संकलन गर्दैगर्दा यता ७९ रुपैयाँ ९६ पैसा (करिब ८० रुपैयाँ) लगानी गरेका छन् । केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाहरुलाई अधिकतम ९० प्रतिशत सीडी रेसियो कायम गर्न निर्देशन गरेको छ । 

बजारमा कर्जाको माग नहुँदा बैंकहरुले लगानी बढाउन सकेका छैनन् । अर्कोतर्फ केन्द्रीय बैंकले २.५ प्रतिशतको पुरक पुँजीसहित ११.५ प्रतिशत न्यूनतम पुँजी कोष पु¥याउनुपर्ने वाध्यात्मक व्यवस्था गरेका कारणले पनि बैंकहरु लगानी बढाउन सक्ने स्थितिमा छैनन् । 

जसले गर्दा बैंकहरुसँग ६ खर्बमाथिको लगानी योग्य रकम (तरलता) भएर पनि लगानी गर्न सकिरहेका छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप