राप्रपामा विवाद : कोशीबाट सभामुख फिर्ता गर्न केन्द्रीय र कार्यसम्पादन समितिलाई निर्देशन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कोशी प्रदेशबाट सभामुख फिर्ता गर्न केन्द्रीय समिति र कार्यसम्पादन समितिलाई निर्देशन दिएको छ । मंगलबार बसेको केन्द्रीय निर्देशन समितिको बैठकले कोशी प्रदेशका सभामुखको उम्मेदवारी फिर्ता गर्न आवश्यक कदम चाल्न केन्द्रीय कार्य समिति र कार्यसम्पादन समितिलाई निर्देशन दिएको हो ।
केन्द्रीय निर्देशन समितिका अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘पार्टी अध्यक्ष समेत सहभागिता रहेको पार्टीको पदाधिकारी बैठकमा कोशी प्रदेशको सभामुख पदमा उम्मेदवारी दिने या नदिने भन्ने बुँदामा व्यापक छलफल भएको हो । छलफलमा पार्टीले सञ्चालन गर्ने आन्दोलनलाई समेत दृष्टिगत गर्दा पदमा जानु उपयुक्त नहुने सहमति भएको हो ।’
पार्टीको केन्द्रीय निर्देशन विपरीत राप्रपाका अम्बरबहादुर विष्टले कोशी प्रदेशको सभामुखमा उम्मेदवारी दिएका थिए । तर उनी पार्टीभित्रैको विवादका बीच कोशी प्रदेशसभाको सभामुखमा सर्वसम्मत चयन भइसकेका छन् । राप्रपाका विष्टलाई सत्ता गठबन्धन र विपक्षी एमालेले पनि समर्थन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण