बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

१६ जना डीआईजीहरुको सरुवा, सातै प्रदेशका प्रमुख फेरिए

मङ्गलबार, २४ पुस २०८०, २२ : ३०
मङ्गलबार, २४ पुस २०८०

काठमाडौँ । गृह मन्त्रालयले १६ जना डीआईजीहरुको सरुवा गरेको छ । ७ वटै प्रदेशका डीआईजी परिवर्तन भएका छन् । 

कोशी प्रदेशमा चन्द्र कुवेर खापुङ, मधेसमा यज्ञ विनोद पोखरेल, बागमती प्रदेशमा विष्णु कुमार केसी र गण्डकीमा विकाश राज खनाललाई सरुवा गरिएको छ । कुवेर कडायतलाई लुम्बिनी, लालमणी आचार्यलाई कर्णाली र रवीन्द्र केसीलाई सुदूरपश्चिम प्रदेशमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

डीआईजीहरु सुरेन्द्र मैनाली नेपाल प्रहरी शिक्षालय भरतपुर, बुद्धिराज गुरुङ अख्तियार, किरण राणा सीआईबी र राजेश बास्तोला प्रहरी प्रधान कार्यालय स्थित अन्वेषण योजना तथा विकाश निर्देशनालयमा सरुवा भएका छन् ।

123

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप