बाली बीमामा सूर्योदय नगरपालिकाद्वारा ५० प्रतिशत अनुदान
फिक्कल । इलामको सूर्योदय नगरपालिकाले किसानलाई पशुपक्षी र बाली बीमामा ५० प्रतिशत अनुदान दिने भएको छ । यसका लागि नगरले कार्यविधि समेत तयार गरेको छ । नगरप्रमुख रणबहादुर राईले नगरभित्रका सहकारी संस्था, कृषक समूह र टोल विकास संस्थासँग समन्वय गरी किसानका लागि अनुदानका कार्यक्रम कार्यान्वयन गरिने जानकारी दिए ।
अनुदान कार्यक्रमको कार्यान्वयनका लागि सूर्योदयले प्रत्येक टोल विकास संस्थाका पदाधिकारीलाई बीमासम्बन्धी तालिम दिन थालेको छ । “नगरले पशुपक्षी र बाली बीमाबारे किसानलाई जानकारी दिन टोलटोलमा तालिम र अन्तक्र्रिया गरिरहेका छौँ”, उनले भने, “सबै वडा र टोलमा कार्यक्रम सकेपछि यथेष्ट तथ्यका आधारमा बीमाबापतको अनुदान दिनेछौँ ।”
पशुपक्षी र बाली बीमामा किसानले व्यहोर्ने बीमा शुल्कको आधा रकम सूर्योदयले व्यहोर्ने भएको हो । बीमा प्रोत्साहनका लागि रु १० लाख विनियोजन गरेको छ । पशु र बाली बीमामा नेपाल सरकारले ८० प्रतिशत अनुदान दिने गरेको छ ।
यसैबीच सूर्योदय नगरपालिकाले लम्पीस्किन महामारीबाट मरेका पशु चौपायाको क्षतिपूर्ति दिन थालेको छ । नगरले माउ गाई मरेका किसानलाई रु २० हजार, कोरली गाई मरेका किसानलाई रु १० हजार र गोरु मरेका किसानलाई रु पाँच हजार राहत दिन थालेको नगरप्रमुख राईले बताए ।
लम्पीस्किन रोगबाट नगरपालिकाभर सात सय ४४ गाईवस्तु मरेका थिए । सूर्योदयले लम्पीस्किन रोगबाट भएको क्षतिमा राहत वितरण, खोप खरिद र चेतनामूलक कार्यक्रम गर्न रु एक करोड २५ लाख विनियोजन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण