रामबहादुर बम्जनलाई सर्लाही लगिँदै
बुधबार, २५ पुस २०८०, ११ : १३

काठमाडौँ। प्रहरी नियन्त्रणमा रहेका 'तपस्वी' रामबहादुर बम्जनलाई काठमाडौंबाट सर्लाहीमा पठाउने तयारी गरिएको छ । उनी मंगलबार साँझ काठमाडौंको हात्तीगौंडाबाट पक्राउ परेका थिए । बम्जनलाई सर्लाहीमा पठाउन लागिएको केन्द्रीय अनुसन्धान ब्यूरोकी प्रमुख (एआईजी) किरण बज्राचार्यले रातोपाटीलाई जानकारी दिइन् ।
जिल्ला अदालत सर्लाहीमा बम्जन विरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले २०७६ माघ २४ मा बम्जनलाई पक्राउ गर्न ७७ वटै जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरेको थियो । एआईजी बज्राचार्यले भनिन्, ‘बम्जन बिरुद्ध सर्लाही जिल्ला अदालतबाट वारेन्ट जारी भएको छ, आज हामी त्यहाँ उपस्थित गराउँछौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी र कांग्रेस–एमालेका प्रमुख सचेतकसँग सभामुखको छलफल
-
पहिलो पटक च्याम्पियन बन्ने धुनमा रहेका बेंगलुरु र पन्जाब आपसमा भिड्दै
-
मङ्गोलियाका प्रधानमन्त्रीले दिए राजीनामा
-
किन बसेन नेकपाको केन्द्रीय समिति बैठक ?
-
गाजामा खाना लिन गएका मानिसहरूमाथि भएको गोलीबारीको अनुसन्धान गर्न यूएनको माग
-
राइड सेयरिङलाई संघीय कानुनबाट व्यवस्थित गर्ने सहमति भयो : मन्त्री दाहाल