भीमाद जिप दुर्घटनामा मृतकको संख्या २ पुग्यो, १० जना घाइते
बुधबार, २५ पुस २०८०, १२ : ५१
काठमाडौँ । तनहुँमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी मोहन बहादुर खाँणका अनुसार दुर्घटनामा घाइतेमध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
जिपमा सवार रुम बहादुर बिक र जेमलाल दरैको उपचारको क्रममा जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारा तनहुँमा मृत्यु भएको उनले जानकारी दिए ।
बुधबार बिहान साढे ९ बजे भिमाद नगरपालिका वडा नम्बर ३ सुनाकोटमा पोखराबाट पाल्पातर्फ जाँदै गरेको ग १ ज ६३५६ नम्बरको जिप सडकबाट करिब १५० मिटर तल खोलामा खस्न पुगेको थियो ।
खाँणका अनुसार अन्य १० घाइतेहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ । घाइतेहरू मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ भने ४ जनाको अवस्था मध्यम छ । यस्तै ३ जनाको अवस्था सामान्य रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
-
युक्रेनद्वारा मस्कोको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण
-
इन्फ्लुएन्सर ओरी एउटै रिलको ७६ लाख लिन्छन्, विवाहमा पाहुना बन्न २५ लाखसम्मको शुल्क
-
नारायणीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
रास्वपा महाधिवेशन : मधेस र निर्वाचन हुन नसकेका जिल्लाका लागि विशेष व्यवस्था
-
सरकारले एउटा पनि विद्यार्थीको शैक्षिक अधिकार वञ्चित गर्दैन : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण