पोखरामा चुलिँदै कर विवाद, कांग्रेसले दियो आन्दोलनको चेतावनी
पोखरा । पोखरा महानगरपालिकाले लागू गरेको मालपोत र भूमि करको विवाद चुलिएको छ । चालू वर्षदेखि लागू हुने गरी महानगरले २ गुणासम्म कर बढाएको छ ।
कर बढेपछि करदाताहरूले विरोध गरेका छन् । उनीहरुलाई कांग्रेसले साथ दिएको छ । मंगलबारको कार्यपालिका बैठकमा कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरूले कर घटाउने एजेन्डा समावेश गर्न माग गरे । उनीहरूको माग बमोजिम एजेन्डा नपरेपछि कार्यपालिका बैठक नै स्थगित भएको छ । २८ गते बस्ने गरी बैठक स्थगित भएको हो ।
कांग्रेसका वडाध्यक्षहरूले जनताको ढाड सेक्ने गरी कर वृद्धि भएको भन्दै तत्काल घटाउनुपर्ने र उक्त एजेन्डा नगर सभामा प्रस्तुत हुनुपर्ने माग राखेका छन् । कांग्रेस कास्की र पोखरा महानगरपालिकाले बुधबार छुट्टै विज्ञप्ति निकालेर कर घटाउन माग गरेको छ ।
‘पोखरा महानगर पोखरेली जनताको अभिभावकीय संस्था हो । यसले पोखरेली जनताको हितमा काम गर्नुपर्ने तर्फ कांग्रेसले ध्यानाकर्षण गराउँदै आएको छ,’ कांग्रेसले भनेको छ, ‘चालू वर्षको लागि बढाइएको राजश्व जनताको हित विपरीत भएकोले पुनर्विचार गर्न आग्रह गरिन्छ ।’
कास्कीका सभापति किशोरदत्त बराल र पोखराका सभापति सुरेन्द्रमान बिजुक्छेले संयुक्त विज्ञप्ति जारी गरी कर घटाउन माग गरिएको हो । यसअघि साउन २८ गते पनि विज्ञप्ति मार्फत कर घटाउन भनिएको थियो । पोखराको हिउँदे नगर सभाबाट नै कर घटाउने निर्णय पास गर्नुपर्ने बरालले बताए ।
कर नघटाए आन्दोलन गर्ने चेतावनी दिएको छ । ‘अनावश्यक रूपमा विभिन्न शीर्षकमा वृद्धि गरिएको राजश्व घटाएर जनताको पक्षमा निर्णय गर्न नेपाली कांग्रेस अनुरोध गर्दछ,’ उनले भने, ‘पटक पटक गरिएको अनुरोधलाई बेवास्ता गरेमा जनताको पक्षमा जस्तोसुकै दबाबमूलक कार्यक्रम गर्न कांग्रेस तयार छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण