अघि बढ्यो देशकै ठुलो केबलकारको काम, लगानी बोर्डमा बुझायो विस्तृत अध्ययन प्रतिवेदन
काठमाडौँ । देशकै सबैभन्दा ठुलो मुक्तिनाथ दर्शनले लगानी बोर्डको कार्यालयमा आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) बुझाएको छ । लगानी बोर्डको कार्यालयका अनुसार लागत र लम्बाइको आधारमा ठुलो मानिएको मुक्तिनाथ दर्शनले थप अध्ययनसहितको डीपीआर बुझाएको हो ।
कम्पनीले डीपीआरसहित वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन समेत बुझाएको छ । डीपीआर अनुसार केबलकारको लम्बाई ८१.०१४ किलोमिटर हुनेछ । यस्तै, आयोजना निर्माणका लागि ५५ अर्ब १८ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।
यो देशकै सबैभन्दा लामो केबलकार आयोजना हो । यो आयोजना कास्कीको वीरेठाँटदेखि मुक्तिनाथसम्म करिब ८२ किलोमिटर लम्बाइको हुनेछ । यो आयोजनामा लगानी गर्नका लागि नेपाल पूर्वाधार बैंकसहित ७ बैंक तथा वित्तीय संस्था तयार देखिएका छन् ।
ती बैंक तथा वित्तीय संस्थाहरूले आयोजना निर्माणका लागि २८ अर्ब रुपैयाँसम्म लगानी गर्ने योजना बनाएको बताइएको छ । आयोजनामा लगानी गर्नै बैंक तथा वित्तीय संस्थाको सूचीमा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक लगायत इच्छुक देखिएको बताइएको छ । यी बैंकहरुको अगुवाइ पूर्वाधार बैंकले गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनालको भारत भ्रमणपछि सीमा विवादबारे के भन्छन् भारतीय मिडिया ?
-
रास्वपा जुम्लाको सभापतिमा भण्डारी चयन
-
नेपाल सीमाबाट टीएमसी नेता जहांगीर खान पक्राउ
-
सात वर्षपछि उत्तर कोरियामा पुगे सी जिनपिङ
-
इजरायलका दुई हवाई अड्डालाई निशाना बनाएको इरानको दाबी
-
बादलले बोलाए एमाले पुनर्गठन कार्यदलको पहिलो बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण