राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा राजुलाई स्वर्ण
काठमाडौँ । मध्यपुर ठिमीमा जारी २६औँ भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिपमा बुधबार पुरुष ६७ केजीतर्फ राजु चौधरीले स्वर्ण जितेका छन् ।
यस विधामा नेपाली आर्मीका मुक्तिराम घलेले रजत जिते । जुनियर ६७ केजी पुरुषतर्फ कास्कीका रोशन चुनवाङले स्वर्ण र ललितपुरका मोहित शाक्यले रजत जितेका छन् । युथ पुरुष ६७ केजीतर्फ सप्तरकी अनुराग सिंह पहिलो र कञ्चनपुरका दीपेश घटाल दोस्रो भए । ७३ केजीतर्फ सिनियर पुरुषमा नेपाल प्रहरीका प्रकाश केसी पहिलो र कञ्चनपुरका अशोकसिंह भण्डारी दोस्रो भए । ७३ केजी जुनियर पुरुषतर्फ कञ्चनपुरका हेमन्त पाल पहिलो र इलामका पुस्कर राई दोस्रो भए ।
७३ केजी युथतर्फ सप्तरीका हेमनारायण यादव स्वर्ण जित्न सफल भए । यसअघि मंगलवार महिला ४९ केजीतर्फ नेपाल प्रहरीकी कृष्णकला बिष्टले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । उनले स्न्याचतर्फ ५९ र क्लिन एण्ड जर्कतर्फ ७७ किलो उचाल्दै नयाँ राष्ट्रिय किर्तिमानसहित स्वर्ण जितिन् । यही विधामा नेपाली सेनाकी सिर्जना तामाङले रजत जितिन् । त्यस्तै ५५ केजी पुरुष सिनियरतर्फ नेपाल प्रहरीका दिलिप यादवले स्न्याचतर्फ ८२ र क्लिन एण्ड जर्कतर्फ १ सय ३ किलो भार वहन गर्दै नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जिते ।
यही विधामा नेपाली सेनाका दीपकबहादुर भण्डारी दोस्रो भए । पुरुष ६१ केजीतर्फ नेपाली सेनाका तुलाराम महतोले स्वर्ण र एपिएफका पारस देसारले रजत जिते । महिला ४५ केजी सिनियरतर्फ नेपाल प्रहरीकी हिरामोति थारु पहिलो र एपिएफकी लिला राई दोस्रो भए । ५५ केजी महिला सिनियरतर्फ नेपाली सेनाकी प्रभा थारु पहिलो र ललितपुरकी सप्रिना श्रेष्ठ दोस्रो भए । बिहीबारसम्म चल्ने प्रतियोगितामा नेपालका २३ जिल्लाका १ सय ६४ खेलाडीहरुले प्रतिष्पर्धा गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा यात्रुवाहक माइक्रोबस दुर्घटनाप्रति जनार्दन शर्माद्वारा दु:ख व्यक्त
-
स्वास्थ्य प्रतिष्ठानहरूमा उपकुलपतिको कार्यकाल फरक–फरक राखिएकोमा थपलियाको आपत्ति
-
रास्वपा सभापति रवि लामिछानेसमक्ष पुग्यो वीरगन्ज मेनरोडको मुद्दा
-
कर्णालीको संसद्मा धकेलाधकेल, सरकारले भन्यो– संसद् कुस्ती खेल्ने ठाउँ होइन
-
खामेनीको अन्त्येष्टिका क्रममा आक्रमण नगर्न अमेरिका र इजरायललाई इरानको चेतावनी
-
‘सहकारीका बचतकर्ताको पैसा फिर्ता गराउन सरकार निर्मम हुन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण