भिजिट भिसालाई सहज र व्यवस्थित बनाउने तयारी
बिहीबार, २६ पुस २०८०, १९ : ५२
काठमाडौँ । सरकारले भिजिट भिसामा विदेश प्रस्थानको विद्यमान अवस्थालाई पुनर्विचार गरी थप सहजीकरण र व्यवस्थित गर्ने तयारी गरेको छ । बिहीबार गृहमन्त्रालयमा बसेको सरोकारवालाको बैठकमा भिजिट भिषालाई सहज र व्यवस्थित बनाउनेबारे छलफल भएको हो ।
बैठकले यसबारे छिट्टै नयाँ निर्णय गर्नु आवश्यक देखिएको भन्दै प्रधानमन्त्रीसँगको परामर्श एवम् निर्देशनपश्चात् अन्तिम निर्णय गर्ने निष्कर्ष निकालेको छ।
बैठकमा प्राप्त सुझाव सहित आवश्यक प्रस्तावको तयारी गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यागमन विभागलाई निर्देशन समेत गरेको गृहमन्त्रीका प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिए ।
बैठकमा गृहमन्त्री श्रेष्ठसहित श्रममन्त्री, परराष्ट्र, शिक्षा, श्रम सचिव र सम्बद्ध पदाधिकारीको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण