सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

भिजिट भिसालाई सहज र व्यवस्थित बनाउने तयारी

बिहीबार, २६ पुस २०८०, १९ : ५२
बिहीबार, २६ पुस २०८०

काठमाडौँ । सरकारले भिजिट भिसामा विदेश प्रस्थानको विद्यमान अवस्थालाई पुनर्विचार गरी थप सहजीकरण र व्यवस्थित गर्ने तयारी गरेको छ । बिहीबार गृहमन्त्रालयमा बसेको सरोकारवालाको बैठकमा भिजिट भिषालाई सहज र व्यवस्थित बनाउनेबारे छलफल भएको हो । 

बैठकले यसबारे छिट्टै नयाँ निर्णय गर्नु आवश्यक देखिएको भन्दै प्रधानमन्त्रीसँगको परामर्श एवम् निर्देशनपश्चात् अन्तिम निर्णय गर्ने निष्कर्ष निकालेको छ।

बैठकमा प्राप्त सुझाव सहित आवश्यक प्रस्तावको तयारी गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यागमन विभागलाई निर्देशन समेत गरेको गृहमन्त्रीका प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिए । 
बैठकमा गृहमन्त्री श्रेष्ठसहित श्रममन्त्री, परराष्ट्र, शिक्षा, श्रम सचिव र सम्बद्ध  पदाधिकारीको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप