१ लाख ८७ हजार मूल्य बराबरको भन्सार छलीका लत्ताकपडा बरामद
शुक्रबार, २७ पुस २०८०, १७ : ०२
वीरगन्ज । जिल्ला प्रहरी कार्यालय बाराले १ लाख ८७ हजार मूल्य बराबरको भन्सार छलीका कपडा बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले गरेको छड्के जाँचमा भारतबाट ल्याउँदै गरेको लत्ताकपडाहरू बरामद गरिएको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जनाए ।
उनका अनुसार सिम्रौनगढबाट कपडा बरामद गरिएको हो । बारा प्रहरीले ८ थान ब्लाङकेट, कपडाको थान ३, लेडिज सुट ३२ पिस, सुती साडी २६ पिस, पाइन्टको कपडा १३ थान र उनी चेक कपडा १ थान पक्राउ गरेको हो ।
बरामद भन्सार छलीका लत्ताकपडाहरू आवश्यक कारबाहीको सम्बन्धित निकायमा पठाइएको बारा प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने
-
बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्छौं : मुख्यमन्त्री लामा
-
१० बजे १० समाचार : एमालेमा गुटगत प्रतिशोधदेखि कांग्रेसमा देउवाको ब्रिफिङसम्म
-
खोटाङको बराहपोखरी गाउँपालिका : ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न