१ लाख ८७ हजार मूल्य बराबरको भन्सार छलीका लत्ताकपडा बरामद
शुक्रबार, २७ पुस २०८०, १७ : ०२
वीरगन्ज । जिल्ला प्रहरी कार्यालय बाराले १ लाख ८७ हजार मूल्य बराबरको भन्सार छलीका कपडा बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले गरेको छड्के जाँचमा भारतबाट ल्याउँदै गरेको लत्ताकपडाहरू बरामद गरिएको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जनाए ।
उनका अनुसार सिम्रौनगढबाट कपडा बरामद गरिएको हो । बारा प्रहरीले ८ थान ब्लाङकेट, कपडाको थान ३, लेडिज सुट ३२ पिस, सुती साडी २६ पिस, पाइन्टको कपडा १३ थान र उनी चेक कपडा १ थान पक्राउ गरेको हो ।
बरामद भन्सार छलीका लत्ताकपडाहरू आवश्यक कारबाहीको सम्बन्धित निकायमा पठाइएको बारा प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण