हरेक परिवर्तनमा महिलाको भूमिका प्रशंसनीय छ : ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले फरक विचार रहेका राजनीतिक सङ्गठन र संस्थासँग सहकार्य गर्दा आफ्नो पार्टीको नीति र सिद्धान्त बिर्सन नहुने बताएका छन् ।
अखिल नेपाल महिला सङ्घको तेस्रो बैठकलाई आज यहाँ सम्बोधन गर्दै उनले आफ्नो अस्तित्व अरुसँग सहकार्य गर्न र सहभागिता जनाउन आग्रह गरे । अध्यक्ष ओलीले आफ्नो पार्टीले अघि सारेका एजेण्डा अरुले नबोक्ने भएकाले सहकार्य गर्दा त्यस कुरालाई ध्यानमा राख्न सुझाव दिए ।
नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा महिलाको उल्लेख्य योगदान रहेको स्मरण गर्दै अध्यक्ष ओलीले आफ्नो विषयमा आफैँ विज्ञ हुनुपर्ने बताए । उनले महिलाले सङ्गठित वा असङ्गठितरूपमा देशका हरेक परिवर्तनमा योगदान रहेको उल्लेख गर्दै राष्ट्रिय र अन्तराष्ट्रियस्तरका हरेक परिवर्तनमा महिलाको भूमिका प्रशंसनीय रहेको बताए ।
विसं १९९७ देखिकै नेपालको राजनीतिक, सामाजिक परिवर्तनमा महिलाले निर्वाह गरेको भूमिका असाधारण रहेको अध्यक्ष ओलीले बताए । उनले एमालेलाई जीवन्त तुल्याउन महिलाले निर्वाह गरेको भूमिकाको सराहना गरे ।
एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले आगामी जेठभित्र पार्टीका सबै जिल्लामा जिल्ला सम्मेलन सम्पन्न गर्ने समयसीमा भएकाले महिला सङ्घले पनि केही जिल्लामा महिला अध्यक्ष बनाउनका लागि दबाब दिनुपर्ने बताए । सङ्घका अध्यक्ष टुकाभद्र हमालले आगामी तीन महिना सङ्गठन शुद्धीकरण अभियान सञ्चालन गरिने बताए । बैठक भोलि सम्पन्न हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरदेशीय प्रसारण लाइनमा निजी क्षेत्रको लगानी, हाइड्रोजन ऊर्जाले पायो ठाउँ
-
पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई ‘युरो ६’ मापदण्ड लागू गर्ने घोषणा
-
सम्पत्ति व्यवस्थापन कम्पनी र डिजिटल बैंक स्थापना गर्ने घोषणा
-
सरकारको नीति तथा कार्यक्रममा के छ ?
-
स्टक एक्सचेन्ज पुनःसंरचना गरी पुँजीबजारको क्षमता वृद्धि गर्ने घोषणा
-
आर्थिक गतिशिलता बढाउन, भ्रष्टाचार नियन्त्रण गर्न र दण्डहिनता अन्त्य गर्न सरकार प्रतिवद्धः राष्ट्रपति पौडेल