टाइगर ३ को सफलतापछि इमरानले किने भारतको सबैभन्दा महँगो रोल्स रोयस कार
मुम्बई । टाइगर ३ को सफलतापछि इमरान हासमीले भारतको सबैभन्दा महँगो रोल्स रोयस कार खरिद गरेका छन् । यसको हालको मूल्य १२ करोड २५ लाख भारतीय रुपैयाँ छ।
४४ वर्षीय इमरानले जनवरी ११ मा रोल्स रोयस घोस्ट ब्ल्याक बेज किनेका थिए । कार पाएपछि इमरान मुम्बईमा आफ्नो नयाँ कारमा देखिएका थिए ।
इमरानलाई लग्जरी कार मनपर्छ । उनको कार संग्रहमा लगभग सबै लक्जरी कारहरू छन्। उनको कलेक्सनमा २ करोड ३० लाख रुपैयाँको मर्सिडिज मेब्याक एस ५६० छ ।
त्यस्तै ३ करोड ७९ लाखको ल्याम्बोर्गिनी हुराकान, १ करोड ५८ लाखको अडी ए८, २ करोड ४१ लाखको रेन्ज रोभर भोग र २ करोड ८० लाखको ल्याम्बोर्गिनी ग्यालार्डो पनि उनको संग्रहमा रहेका छन् ।
इमरान हाश्मी गत वर्ष दुई फिल्म सेल्फी र टाइगर ३ मा देखिएका छन् । अहिले उनको खातामा तमिल फिल्म ओजी छ । अहिले यो चलचित्रको छायांकन चलिरहेको छ ।
२०२३ मा रिलिज भएको फिल्म टाइगर ३ मा इमरान हाशमीले आईएसआई जनरल आतिश रहमानको शक्तिशाली भूमिका निभाएका थिए । अब उनी छिट्टै फिल्म ‘डन–३’ मा खलनायकको भूमिकामा देखिने खबर बाहिर आएको छ ।
फिल्म डन–३ मा रणवीर सिंह मुख्य भूमिकामा देखिनेछन् । उनको साथमा इमरान नकारात्मक भूमिकामा देखिनेछन् । यद्यपी यसबारे निर्माता वा इमरानबाट कुनै आधिकारिक पुष्टि भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
-
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति
-
भारततर्फको चिया निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण