आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

टाइगर ३ को सफलतापछि इमरानले किने भारतको सबैभन्दा महँगो रोल्स रोयस कार

शनिबार, २८ पुस २०८०, १२ : ४८
शनिबार, २८ पुस २०८०

मुम्बई । टाइगर ३ को सफलतापछि इमरान हासमीले भारतको सबैभन्दा महँगो रोल्स रोयस कार खरिद गरेका छन्  । यसको हालको मूल्य १२ करोड २५ लाख भारतीय रुपैयाँ छ।

४४ वर्षीय इमरानले जनवरी ११ मा रोल्स रोयस घोस्ट ब्ल्याक बेज किनेका थिए । कार पाएपछि इमरान मुम्बईमा आफ्नो नयाँ कारमा देखिएका थिए ।

इमरानलाई लग्जरी कार मनपर्छ । उनको कार संग्रहमा लगभग सबै लक्जरी कारहरू छन्। उनको कलेक्सनमा २ करोड ३० लाख रुपैयाँको मर्सिडिज मेब्याक एस ५६० छ । 

त्यस्तै ३ करोड ७९ लाखको ल्याम्बोर्गिनी हुराकान, १ करोड ५८ लाखको अडी ए८, २ करोड ४१ लाखको रेन्ज रोभर भोग र २ करोड ८० लाखको ल्याम्बोर्गिनी ग्यालार्डो पनि उनको संग्रहमा रहेका छन् ।

इमरान हाश्मी गत वर्ष दुई फिल्म सेल्फी र टाइगर ३ मा देखिएका छन् । अहिले उनको खातामा तमिल फिल्म ओजी छ । अहिले यो चलचित्रको छायांकन चलिरहेको छ ।

२०२३ मा रिलिज भएको फिल्म टाइगर ३ मा इमरान हाशमीले आईएसआई जनरल आतिश रहमानको शक्तिशाली भूमिका निभाएका थिए । अब उनी छिट्टै फिल्म ‘डन–३’ मा खलनायकको भूमिकामा देखिने खबर बाहिर आएको छ । 

फिल्म डन–३ मा रणवीर सिंह मुख्य भूमिकामा देखिनेछन् । उनको साथमा इमरान नकारात्मक भूमिकामा देखिनेछन् । यद्यपी यसबारे निर्माता वा इमरानबाट कुनै आधिकारिक पुष्टि भएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप