शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सन्दीपको शतकले एपीएफलाई राहत, बागमतीलाई जितका लागि २४२ रनको लक्ष्य

आइतबार, २९ पुस २०८०, १३ : ०५
आइतबार, २९ पुस २०८०

काठमाडौँ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले बागमती प्रदेशलाई जितका लागि दुई सय ४२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको विभागीय टोली एपीएफले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ४१ रन बनाएको हो ।

एपीएफका लागि सन्दीप जोराले शतकीय योगदान गरे । उनले एक सय १२ रन बनाए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका सन्दीपले एक सय १७ बलको सामना गरी पाँच छक्का र सात चौका पनि प्रहार गरेका थिए ।

त्यसअघि एपीएफले केवल ४१ रनको कुल स्कोरमा पाँच विकेट गुमाइसकेको थियो । सन्दीपकै उत्कृष्ट ब्याटिङका कारण एपीएफ दुई सयभन्दा बढी रन बनाउन सफल भएको हो । ओपनर प्रज्ज्वल शाही १० र आसिफ शेख १५ रनमै आउट भएका थिए ।

कप्तान रोहित पौडेल पनि दुई रनभन्दा अगाडि बढ्न सकेनन् । सुमित महर्जन ६ रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्किए । पूर्ण बीकेले त खातासम्म खोल्न सकेनन् । तल्लोक्रमका ब्याट्सम्यान लोकेश बमले २७ रन बनाए ।

भुवन कार्की १० रनमा पेभेलियन फर्किए । अमर रौतेलाले २२ रन जोडे । अविनाष बोहराले अविजित १८ र मौसम ढकालले अविजित एक रन बनाए । एपीएफ क्लबले अतिरिक्त रुपमा पनि १८ रन पाएको थियो । बागमती प्रदेशका बलर सूर्य तामाङले तीन विकेट लिए । प्रतिस जीसी र रिजन ढकालले पनि दुई–दुई विकेट हात पारे । सोनु देबकोटाले एक विकेट लिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप