भूकम्प पीडितलाई एनआरएनए जापानको सहयोग
जापान । एनआरएनए जापानले जापानमै गएको भूकम्प प्रभावित क्षेत्रका मानिसलाई सहयोग गरेको छ। नयाँ वर्ष कै दिन जापानको ईशिगावा प्रिफेक्चरको नोदो प्रायद्वीपलाई केन्द्र बनाएर गएको भूकम्प प्रभावित क्षेत्र वाजिमा र सुजुसीका शिविर मध्य दुई वटा शिविरमा रहेका ७२५ जना जापानी नागरिकलाई खाना खुवाउनुका साथै चार वटा अस्थायी शौचालय प्रदान गरिएको एनआरएनए जापानका अध्यक्ष नविन निउरेले जानकारी दिए।
भूकम्पको अति प्रभावित क्षेत्र मध्य शुक्रबार वाजीमा सी मिइ कम्युनिटी सेन्टरमा रहेको शिविरमा रहेका ३०० जना र नजिकको शिविरमा रहेका १०० जना गरी ४०० त्यसै गरी शनिबार सुजुसी इदा माध्यमिक विद्यालयको शिविरमा रहेका २२५ जना र नजिकको शिविरमा रहेका १०० गरी ३२५ जना गरी कुल ७२५ जनालाई खाना खुवाइएको कार्यक्रम संयोजक विष्णुप्रसाद सापकोटा जानकारी दिए ।
भूकम्प पश्चात् २ सय बढीको ज्यान जानुका साथै सयौँ सम्पर्कविहीन रहेको र खानेपानी आपूर्ति विद्युत् नियमितता, सडक सञ्चालनको नियमितता लगायत दैनिक अत्यावश्यक सामग्रीको तथा वस्तुको उपलब्धतामा अझै कठिनाइ भोगिरहेका जापानी नागरिकहरूलाई नेपालीको तर्फबाट सकेको सहयोग गरिएको अध्यक्ष निउरेले बताए।
'प्रतिकूल मौसम र भूकम्पका कारण बिग्रिएको सडकका बाबजुद पनि भौतिक रूपमै भूकम्प प्रभावित क्षेत्रमा पुगेर विपत्तिका समयमा जापानीहरुसँग नेपाली पनि सँग सँगै छौँ भन्ने आभास दिलाउन सफल भएका छौं' अध्यक्ष निउरेले भने- 'यस्ता कार्यबाट नेपालीको सहयोगीपनप्रति जापानी नागरिकले खुसी व्यक्त गरेका छन्।'

भूकम्पले दिएको पिडा त छदै थियो त्यसैमाथि परेको बाक्लो हिमपातको कारण जनजीवन कष्टकर देखिएको एनआरएनए जापानको विशेषज्ञ समितिका सदस्य तथा सहयोग टोलीका सदस्य जज्ञानकुमार थापाले बताए।
नेपालमा पर्ने प्राकृतिक विपत्तिका समयमा जापान र जापानी नागरिकले सहयोग गर्दै आइरहेको र जापानमा परेको विपत्तिमा पनि आफूहरुले सक्ने सहयोग विपत् प्रभावित क्षेत्रमा नै पुगेर गरेको भनाइ थापाको छ।
जापानमा रहेका हामी नेपालीले जापानका नागरिकलाई परेको अप्ठ्यारो र प्राकृतिक विपत्तिका समयमा सक्दो सहयोग गर्नु दायित्व सम्झिएर उक्त कार्य गरिएको र यस्ता कार्यले दुई देशको सम्बन्धमा समेत सकारात्मक प्रभाव पार्ने एनआरएनए जापानका महासचिव टिकाराम खरेलले बताए।

बिहीबार आवश्यक तयारीका साथ भूकम्प प्रभावित क्षेत्र तर्फ जाने सहयोगी टोलीमा अध्यक्ष नविन निउरे उपाध्यक्ष कृष्ण शर्मा गैरे, महासचिव टिकाराम खरेल, सदस्य तथा सहयोग कार्यक्रम संयोजक विष्णुप्रसाद सापकोटा, सदस्य दिलिप शर्मा, विशेषज्ञ समिति सदस्य जिज्ञानकुमार थापा, विशेषज्ञ समिति सदस्य हरि सापकोटा, बागलुङ समाज जापानका अध्यक्ष यम कँडेल, एनआरएनए जापान कांसाई क्षेत्रीय समिति उप संयोजक टिआर गौडेल, सुरेन खड्का, गलकोट समाज जापानका सलाहकार जगत थापा, सुमित खत्री, गलकोट समाज जापान कांसाईका अध्यक्ष रामु साहनी रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति, हस्ताक्षरकाे तयारी
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
-
गण्डकी संसद्ले पारित गरेको गाँजा विधेयक प्रदेश प्रमुखले फर्काइदिए
-
प्रवासको पत्रकारितालाई मर्यादित बनाउन ‘टोकियो घोषणापत्र’ कोसेढुङ्गा सावित हुन्छ : रवीन्द्र श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण