शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थ

बैंकको नाफा ३६ प्रतिशतले बढ्यो, ५ महिनामा ३० अर्ब ९१ करोड कमाए

आइतबार, २९ पुस २०८०, २१ : १३
आइतबार, २९ पुस २०८०

काठमाडौँ । खराब स्थितिका बाबजुद बैंक तथा वित्तीय संस्थाहरुको नाफा ३६ प्रतिशत माथिले बढेको छ । केन्द्रीय बैंकका अनुसार मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले ३० अर्ब ९१ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएका हुन् । 

यो अघिल्लो महिनाको तुलनामा ३६.६७ प्रतिशतको नाफा वृद्धि हो । अघिल्लो महिना अर्थात् कात्तिक मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले २२ अर्ब ६२ करोड ३० लाख रुपैयाँ मात्र नाफा आर्जन गरेका थिए । 

यद्यपि, बढ्दो लगानी जोखिम बैंक तथा वित्तीय संस्थाहरुले नाफाको अधिक प्रतिशत लोन लस्ट प्रोभिजनिङ (वित्तीय व्यवस्थापन) मा छुट्टाउनुपर्दा नाफा अझ कम देखिएको केन्द्रीय बैंकले जनाएको छ । 

केन्द्रीय बैंकको रिपोर्ट अनुसार मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले १ खर्ब ९१ अर्ब रुपैयाँ बढी रकम प्रोभिजनिङ गरेका छन् । मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा (एनपीएल) दर बढेर ३.८३ प्रतिशत पुगेको छ ।

कुन बैंकको नाफा कति ?

केन्द्रीय बैंकका अनुसार मंसिर मसान्तसम्म २० वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक, १७ वटा फाइनान्स कम्पनी, ५७ वटा माइक्रोफाइनान्स र एउटा पूर्वाधार विकास बैंक (निफ्रा) गरी कूल ११२ वटा वित्तीय संस्थाहरुबाट ६० खर्ब १९ अर्ब रुपैयाँ निक्षेप संकल भएको छ । जसमध्ये मंसिर मसान्तसम्ममा ४९ खर्ब ९८ अर्ब कर्जा लगानी भएको छ । 

जुन लगानीमध्येबाट वाणिज्य बैंकहरुले समीक्षा अवधिमा २७ अर्ब १४ करोड ४८ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएका छन् भने ख वर्गका विकास बैंकहरुले २ अर्ब ६ करोड ४० लाख रुपैयाँ र अन्य वित्त कम्पनीहरुले ४२ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएका छन् । 

कुन बैंकको नाफा कति ? (वाणिज्य बैंक)

bb1

समीक्षा अवधिमा सबैभन्दा बढी ग्लोबल आईएमई बैंकले २ अर्ब ७३ करोड ७० लाख ९२ हजार रुपैयाँ नाफा कमाएको छ भने सबैभन्दा कम सिद्धार्थ बैंकले ६२ करोड ३० लाख ८१ हजार रुपैयाँ नाफा कमाएको रिपोर्टमा देखिन्छ । तथापि, वित्तीय रिपोर्टमा प्रभु बैंक माइनसमा देखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप