लुम्बिनीलाई हराउन सुदूरपश्चिम प्रदेशले १ सय ५९ रन बनाउनु पर्ने
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सोमबारको खेलमा लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई जितका लागि एक सय ५९ रनको लक्ष्य दिएको छ । सिद्धार्थनगर रंगशालामा टस हारी पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेशले ४८.४ ओभरमा अलआउट हुनुअघि एक सय ५८ रनमात्र बनाउन सक्यो ।
लुम्बिनी प्रदेशका लागि तल्लोक्रमका ब्याट्सम्यान प्रज्जवल थापाले ४२ रनको योगदान गरे । उनले ६८ बलको सामना गरी चार चौका पनि हिर्काए । मोहम्मद हुसैनले २६ रन बनाए । ओपनर विराट भण्डारीले टोलीको खातामा २३ रन थपे ।
अर्का ओपनर सम्राट भुसाल भने नौ रनमै पभेलियन फर्किए । मृणाल गुरुङले १४ रन जोडे । कृष्ण कार्की १२ रनमा अविजित रहे । दिल्साद अलीले १० रन बनाए । लुम्बिनी प्रदेशले अतिरिक्त रूपमा १८ रन पायो ।
सुदूरपश्चिम प्रदेशका बलर नारायण जोशीले तीन विकेट लिए । भोजराज भट्ट र नरेन साउदले पनि दुई–दुई विकेट लिए । मिलन बोहराले एक विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण