छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । सुनसरीको धरान उपमहानगरपालिका-८ सेउती पुल नजिक सडकमा प्र.१-०२-००२ च ४१६० नम्बरको कार आफै अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा कार चालक इटहरी उपमहानगरपालिका-४ बस्ने ३५ वर्षीय दुर्गा राईको घटनास्थलमै मृत्यु भएको हो ।
सुनसरीकै भोक्राहानर्सिङ गाउँपालिका-४ चिरौली चोकमा बा.६६ प ४१९२ नम्बर र प्रदेश १-०२-०५ प ३४३२ नम्बरको २ वटा मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार बिहान दुर्घटना हुँदा प्रदेश १-०२-०५ प ३४३२ नम्बरको मोटरसाइकल चालक भोक्राहनर्सिङ गाउँपालिका-६ बस्ने ३० वर्षीय वीरेन्द्र कुमार साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बा.६६ प ४१९२ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यता सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-८ लामोसाँघुस्थित सडकमा रोकी राखेको बा.प्र.०१-००४ क ०११६ नम्बरको टिपरमा प्र.३ -०२ ०१२ प ३७३७ नम्बरको स्कुटर ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा स्कुटर चालक भारत सितामडी घर भएका २२ वर्षीय अर्जुन कुमारको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनालाई सिन्धुसदावहार अस्पताल खाडिचौर हुँदै थप उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं पठाइएको छ । दुवै सवारी साधन र टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै कपिलवस्तुको वाणगंगा नगरपालिका-२ पिपरा चोकमा लु.१ ज ४८२८ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ८५ वर्षीया सुमित्रा देबी कार्कीको आइतबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको सामुदायिक अस्पताल चार नम्बरमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता स्याङजाको कालीगण्डकी गाउँपालिका-७ आँधीमुहान ड्यामस्थित सडकमा जयपतेबाट रिडीतर्फ जाँदै गरेको ग.१ ख ४१५० नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३० वर्षीय अजित बोटेको सोमबार बिहान घटनास्थलमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
-
युक्रेनद्वारा मस्कोको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण
-
इन्फ्लुएन्सर ओरी एउटै रिलको ७६ लाख लिन्छन्, विवाहमा पाहुना बन्न २५ लाखसम्मको शुल्क
-
नारायणीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
रास्वपा महाधिवेशन : मधेस र निर्वाचन हुन नसकेका जिल्लाका लागि विशेष व्यवस्था
-
सरकारले एउटा पनि विद्यार्थीको शैक्षिक अधिकार वञ्चित गर्दैन : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण