एसिया कप फुटबल : जोर्डनको शानदार जित
काठमाडौँ । एएफसी एसिया कप फुटबलमा जोर्डनले शानदार जित निकालेको छ । कतारमा जारी प्रतियोगिता अन्तर्गत सोमबार राति भएको खेलमा जोर्डनले मलेसियाविरुद्ध ४–० को एकतर्फी जित निकालेको हो ।
जोर्डनका लागि महमूद नयेफ अहमद र मोउसा मुहम्मदले समान दुई -दुई गोल गरेका थिए । सुरुदेखि नै मलेसियाविरुद्ध हाबी भएको जोर्डनले १२ औँ मिनेटमा गोलको खाता खोलेको थियो । त्यसपछि जोर्डनका महमूद नयेफले गोल गर्दै अग्रता दिलाएका थिए ।
मलेसियाका खेलाडीले गल्ती गर्दा पाएको पेनाल्टीमा जोर्डनका मोउसा मुहम्मदले गोल गरेपछि अग्रता दोब्बर भएको थियो । ३२ औँ मिनेटमा महमूदले व्यक्तिगत दोस्रो गोल गर्दा जोर्डन पहिलो हाफमै ३–० को सहज अवस्थामा पुगेको थियो ।
८५ औँ मिनेटमा मोउसाले पनि व्यक्तिगत दोस्रो गोल गर्दा जोर्डन ४–० को सहज जितका साथ प्रतियोगिता सुरुआत गरेको छ । समूह ईमा जोर्डन शीर्ष स्थानमा रहँदा दक्षिण कोरिया दोस्रो स्थानमा छ । बहराइन र मलेसिया भने क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
-
सशस्त्र प्रहरीद्वारा तीन महिनामा ३ सय ४७ जनाको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण