शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
देशभर मनाइयो २६ औँ भूकम्प सुरक्षा दिवस, तस्बिरहरु

देशभर मनाइयो २६ औँ भूकम्प सुरक्षा दिवस, तस्बिरहरु

मङ्गलबार, ०२ माघ २०८०

काठमाडौँ । विस १९९० को विनाशकारी भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे सामाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ भूकम्प मनाइएको छ ।

मंगलबार  ‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ ११’ भन्ने मूल नाराका साथ २६ औँ भूकम्प सुरक्षा दिवस– २०८० विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको हो । काठमाडौँसहित देशका विभिन्न स्थानमा भूकम्पीय जोखिम न्यूनीकरण र सुरक्षित आवास निर्माणबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सरकारले भूकम्प सुरक्षा दिवस मनाएको छ ।

सरकारले प्रत्येक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ । यस्तै मंगलबार चन्द्रागिरि नगरपालिकामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा भूकम्प दिवस मनाइएको हो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया