सिरोसा बनिन् ‘मिसेस नोबेल नेपाल–२०२४’को विजेता
काठमाडौँ । ‘मिसेस नोबेल नेपाल २०२४’ को ताज काठमाडौँकी सिरोसा सापकोटाले जितेकी छन् । सापकोटाले ताजसँगै आगामी चैतमा इजिप्टमा हुने ‘एन. एफ. इ.ए. अवार्ड–२०२४’ भाग लिने अवसर पाएकी छन् ।
हिमायलन मुभिज एण्ड प्रोडक्सन हाउसले राजधानीको म्यूजिक सिटी स्टुडियोमा आयोजना गरेको कार्यक्रममा शिला श्रेष्ठ फस्ट रनरअप र जुना भण्डारी सेकेन्ड रनर भए ।
हिमानी सुब्बाको कोरियोग्राफी रहेको प्रतियोगितामा सव–टाईटल समेत वितरण गरिएको थियो । सिरोसा सापकोटा मोस्ट इन्टिलिजेन्ट, रोशनी श्रेष्ठ मोस्ट स्मार्ट, रिया दाहाल वेस्ट फोटोजेनिक एवं पब्लिक भिडियो च्वाइस हसन सफल भए ।
अभिनेता विशाल विष्ट, मनिष राउत, ‘मिसेस हिमालयन नेपाल २०२०’ माया लामा, मोडल मन्जु थापा, अनुषा केसी लगायतका निर्णायक प्रतियोगितामा रहेका थिए । प्रतियोगिता विवाहित महिलाहरूको प्रतिभा निखार्ने उद्देश्यले आयोजना भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षको अवधिमा जम्मा ३७ जनाको कलेजो प्रत्यारोपण
-
युक्रेनमा रूसको भीषण आक्रमण : १४ जनाको मृत्यु
-
प्रहरी यातना विरुद्ध कानुनी लडाइँ लड्ने माजिद अन्सारीको घोषणा
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
बजेट शून्यताको अवस्थामा पुग्दै सुदूरपश्चिम सरकार
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण